राजधानी युवा क्लबको ब्याडमिन्टन प्रतियोगिता

विराटनगर २२ कात्तिक । राजधानी युवा क्लब विराटनगर–३ ले आयोजना गरेको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा दुई समूहबाट विजेता र उपविजेता जोडी छनोट भएका छन्। प्रतियोगिताको समूह ‘ए’ तर्फ लेखा अधिकृत ढकराज कटवाल र प्रदेश प्रहरी कार्यालयका नारायण खड्काको जोडी प्रथम भएको छ। यसै समूहमा नेपाल राष्ट्र बैंकमा कार्यरत सुजन बिक र प्रहरी […]

प्रदेशस्तरीय मानवअधिकार सञ्जालको त्रैमासिक बैठक सम्पन्न

विराटनगर २० कात्तिक । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक आज विराटनगरमा सम्पन्न भएको छ । मानवअधिकार रक्षक समूह कोशी प्रदेशका संयोजक देवी बाँस्कोटाको अध्यक्षतामा सम्पन्न बैठकमा मानवअधिकार सम्बन्धी छैठौं राष्ट्रिय कार्यायोजना कार्यान्वयनका लागि सञ्जालको भूमिका, परियोजना अनुरुप विषयगत समिति गठनलगायतका विविध विषयमा छलफल गरिएको छ । बैठकले […]

मोरङमा मतदानस्थल र केन्द्र पुनरावलोकन

विराटनगर २० कात्तिक । आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङमा मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको आज बसेको बैठकले जिल्लाका विभिन्न मतदान केन्द्रको अवस्थाबारे छलफल गरेको छ । बैठकमा साँघुरा मतदान केन्द्रलाई व्यवस्थापन गर्ने, खुला स्थानमा रहेका मतदान केन्द्रलाई भवनमा सार्ने तथा नाम परिवर्तन भएका […]

तिहार पर्व सुरु

विराटनगर २० कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन […]

बालसंसार बोर्डिङ स्कुलमा विद्यार्थीको देउसी–भैलो

विराटनगर १९ कात्तिक । बालसंसार बोर्डिङ इङ्लिस स्कुल विराटनगर ५ ले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आज देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ। तिहार पर्वको अवसर पारेर आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न समूह बनाएर देउसी–भैलो प्रस्तुत गरेका थिए । नेपाली परम्परागत पोशाकमा सजिएका विद्यार्थीहरूले देउसी, भैलो तथा तिहारसँग सम्बन्धित गीतमा आकर्षक […]