विराटनगर ११ साउन । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं […]
विराटनगर ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश […]
विराटनगर ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती फन पार्क एण्ड रिसोर्ट) निर्माणमा भएको अनियमिततालाई लिएर पूर्वमन्त्री, सचिव र मेयरसहित ७ जना र एक ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मधेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह (३५ करोड बिगो), तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर (३५ करोड बिगो), बागमतीका […]
विराटनगर ४ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । घटनापछि विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेको अवस्थामा प्रहरीले अनुसन्धान अघि बढाएको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ […]
विराटनगर २३ असार । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएलगतै प्रहरीले आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई काठमाडौं लगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि काठमाडौं लगेको हो । मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, […]