कोशी ग्यास उद्योगलाई २ लाख ९० हजार जरिवाना

विराटनगर २५ साउन । उपभोक्तालाई तोकिएकोभन्दा कम तौलको ग्यास बिक्री–वितरण गरेको पाइएपछि मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले गरेको बजार अनुगमनका क्रममा उद्योग परिसरमा रिफिल गरिएका ग्यास सिलिन्डरको तौल परीक्षण गर्दा कम तौलको ग्यास भेटिएपछि उद्योगलाई जरिवाना गरिएको हो । […]

अभिषेक गिरी विराटनगर विमानस्थलबाट पक्राउ

विराटनगर २२ साउन । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी विराटनगर विमानस्थलबाट बिहीबार साँझ पक्राउ परेका छन् । उनी काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७ः०५ बजेतिर विराटनगर ओर्लिएका थिए । विमानस्थलमा ओर्लनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरी टोली विराटनगर विमानस्थलमा पुगेको थियो । पक्राउ परेका गिरीमाथि आपराधिक […]

सुनसरी देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर १९ साउन । सुनसरीको देवानगञ्ज ३ कप्तानगञ्जमा भएको दुई समुदायवीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत साउन १० गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो […]

सुनसरी देवानगञ्ज घटनाको मानवअधिकार आयोगद्धारा अनुसन्धान शुरु

विराटनगर १८ साउन । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका बारेमा स्वविवेक उजुरी ग्रहण गरी अनुसन्धान सुरु गरेको छ । आयोगले स्थलगत रुपमा अनुसन्धान पनि सुरु गरेको छ । आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई घटनासम्बन्धी विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगको विराटनगर […]

देवानगञ्ज घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने

विराटनगर ११ साउन । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको जानकारी गराएका छन् । आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन […]