
विराटनगर २४ वैशाख । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर समुदायको सांस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन गर्नुभएको छ ।
मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको संस्कृतिक भवन र केन्द्रीय भवनको आज विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गर्नुभएको हो । केन्द्रीय सभापति सरदारले भवनको उद्घाटन गर्नुभएसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
केन्द्रीय भवन निर्माण गर्न संविधान सभाकी सभासदस्य कबिता सरदारले १० लाख, प्रतिनिधि सभासदस्य अमन मोदीले सांसद कोषबाट केन्द्रीय भवन निर्माण गर्न २८ लाख रुपैयाँ दिएको सभपाती सरदरले जानकारी दिनुभयो । बाँतर जातिको सांस्कृतिक भवनका लागि पूर्व समान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले १ करोड रुपैयाँ दिएको सभापति सरदारले बताउनुभयो ।
सवैको साथ सहयोगले अहिले बाँतर जाती अगाडी बढीरहेको उहाँले खुशी व्यत्तगर्नुभयो । सभापति सरदारले २०५३ सालदोखि नियमित प्रयासपछि दुईवटा भवन निर्माण गर्न सफल भएको उहाँले बताउनुभयो ।
सांस्कृतिका भवनमा एउटा हल छ, भने १२÷ १२ को दुईवटा कोठा रहेको छ । त्यस्तै नेपाल बाँतर सरदार समाज कल्याणकारणी केन्द्रीय भवनमा पनि एउटा हल, र १२÷ १२ को दुईवटा कोठा रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नव निर्वाचित मोरङ जिल्ला सभापति अनिल सरदार, युवा सभापति बिनोद सरदारलगायतका कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहाकार पन्नालाल सरदार, पृथ्वीलाल सरदार, केन्द्रीय सचिव शुभाष सरदार, केन्द्रीय पूर्वसचिव जोखन सरदार,मोरङका पूर्वसभापति जयप्रकास सरदार, केन्द्रीय सदस्य कैलास सरदार, सोनेलाल सरदारलगाायतले शुभकामना व्यक्तगर्नुभएको थियो ।