असमलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर १९ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको असम क्रिकेट क्वललाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको छ । जित पछि समुह वि मा पुलिस, असम र घरेलु टाली कोशी प्रदेशले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २–२ अंक जोडेको जियो ।

नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो । यस अघि समुह ए बाट विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुने छ । पाहुना टोली असमले दिएको १ सय ५५ रनको चुनौती २८ ओभरमा जित्नु पर्ने दवावका विच मैदान प्रवेश गरेको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाई जित हात पारेको थियो । टस जितेर ब्याटिङ थालेको आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा सबै १ सय ५४ रनको स्कोर बनाएको थियो ।

असमका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेन कस्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादवले ३ विकेट लिँदा अिरुण ऐरीले पनि ३ विकेट लिए । जवाफमा १ सय ५५ रनको लक्ष्य पाएको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट लक्ष्य पार गरेका छ । पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिँदा शंकर रानाले ६७ बदमा ४ छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले ।

एक समयमा पुलिस ६ दशमलव २ बलमा ४३ रनमा ४ विकेट गुमाइ नाजुक स्थितिमा रहेको वेला कप्तान अमित र शंकरले पाँचौ विकेटकालागि १ सय १९ बलमा अविजित १ सय १७ रनको ठोस साझेदारी गरेका थिए । आसामका कप्तान गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए ।