
विराटनगर ८ वैशाख । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले बजेट अधिवेशनबाट शिक्षा विधेयक ल्याउन अनिवार्य भएको बतााउनु भएकाे छ ।
उहाँले त्यसका लागि सरकारले विश्वास दिलाउने र आन्दोलनरत शिक्षकहरुले पनि सरकारलाई विश्वास गरेर काममा फर्किनुपर्ने बताउनुभयाे ।
पोखरेलले भन्नुभयाे ‘सरकारले यो बजेट अधिवेशनबाट शिक्षा र निजामति विधेयक ल्याउन अनिवार्य छ । आन्दोलनरत शिक्षकहरुलृ पनि सरकारलाई विश्वास गर्नु पर्यो, त्यसका लागि वरु निश्चित समयको अल्टिमेटम दिएर भएपनि शिक्षकहरु तत्काल कार्यस्थलमा फर्किनु बुध्दिमानी हुनेछ।’
सरकारले विधेयक ल्याउन चाडै गृहकार्य सुरु गर्नुपर्ने उहाँले बताउनुभयाे । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत पुरा गर्ने कुरामा विश्वस्त हुन उहाँले आन्दोलनमा रहेका शिक्षकहरुलाई आग्रह गर्नुभयाे ।
सरकार र संसदले चाहेर पनि प्रक्रिया मिच्न नसक्ने बताउँदै पोखरेलले भन्नुभयाे ‘कानुन विनाको सम्झौता फेरी इतिहासमात्र हुनसक्छ, यतिको विषय शिक्षकसाथीहरु सबैले वुझ्नु भएकै छ।’