विराटनगर, १४ असार । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत विराटनगरमा नवजात शिशुलाई श्वासप्रश्वासमा सहयोग सम्वन्धि तालिम मंगलबार सम्पन्न भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा करुणा फाउण्डेसनले असार १३ र १४ गते विराटनगरमा आयोजना गरेको तालिममा मोरङ र सुनसरीका १२ स्थानीय तहका २० जना नर्सीङ कर्मचारीहरुको सहभागिता रहेको थियो । दक्ष प्रसुती तालिम लिएका पालिका स्तरका बर्थिङ सेन्टरमा कार्यरत नर्सहरुलाई तालिम दिईएको करुणा फाउण्डेसनका कार्यक्रम अधिकृत राजिवकुमार चौधरीले बताउनुभयो ।
तालिमका सहभागिहरुलाई सहजकर्ताहरु ममता श्रेष्ठ र अञ्जु खनालले बच्चा जन्मनुपूर्व र जन्मिएको ६० सेकेण्ड भित्र गर्नुपर्ने तयारीमा केन्द्रीत रहेर प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।
प्रदेश सरकारसँगको सहकार्यमा करुणा फाउण्डेसनले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रम अधिकृत चौधरीले बताउनुभयो ।
तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुखले दुई दिने तालिममा गरिएका प्रयोगात्मक अभ्यासलाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।