एसईई दिएर बसेका विद्यार्थीका लागि एभरेष्ट स्कुल विराटनगरको निशुल्क ब्रिज कोर्ष

विराटनगर ३१ चैत । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ ।

आगामी बैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब तीन सय विद्यार्थीलाई निशुल्क .कक्षा सञ्चालन गर्ने प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार ब्रिज कोर्षमा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न कृयाकलापसमेत गराइनेछ ।

एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् ।

उच्च शिक्षाको लागि पाइला अघि चाल्दै गर्दा शिक्षण संस्थाको भौतिक पूर्वाधार र शैक्षिक वातावरणको अध्ययन गरि शिक्षण संस्था चयन गर्न समेत सघाउ पुग्ने प्रिन्सिपल पुरीले विश्वास ब्यक्त गर्नुभयो