
विराटनगर ३० चैत । कोशी प्रदेश स्तरिय बालकल्याण अधिकारीहरुको प्रदेश भेला तथा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमको समिक्षा बैठक विराटनगरमा सम्पन्न भएको छ ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित ३ दिने भेला तथा समीक्षा बैठक शुक्रबार बिराटनगरमा समपन्न भएको हो ।
कार्यक्रममा कोशी प्रदेशका १ सय ३७ स्थानीय तहबाट महिला तथा बालबालिका शाखा प्रमुख, बालकल्याण अधिकारी तथा अपाङ्गता केन्द्रका फोकल ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कोशी प्रदेशको समाजिक बिकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बालबालिका सम्बन्धी ऐन २०७५ ले बालकल्याण अधिकारी तोकने अधिकारको ब्यवस्था गरिएको छ । उक्त ब्यवस्था र प्रदेश सरकारको बालबालिका संरक्षण ऐनको कार्यान्वयनको सन्दर्भमा उक्त पालिका स्तरिय भेला आयोजना गरेको बताउनु भयो ।
कार्यक्रममा बालकल्याण अधिकारीको भूमिका, दायित्व, घटना व्यवस्थापन तथा प्रदेशको अवस्थाबारे स्थितिपत्र समेत तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बरालले बताउनु भयो। उहाँले यश भेलाले प्रदेश सरकारको बाल संरक्षण कार्यक्रम कार्यान्वयनमा टेवा पुग्नुको साथै बालबालिका सम्बन्धि घटना ब्यवस्थापन र अवस्थापत्र तयार गर्न सहयोग मिल्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन निर्माणका लागि प्रदेश सरकारले होस्टेमा हौसे गर्ने प्रतिबद्धता आवश्यक रहेको बताउनु भयो । प्रदेश सरकारले लक्षित वर्गका लागि समावेशी तथा लैङ्गिक मुल प्रभाबीकरणमा आधारित योजना आवश्यक रहेकोमा जोड दिएको थियो ।
वक्ताहरुले बालबालिकाका समस्या, सुधारका उपाय, र भावी योजनाबारे व्यापक छलफल भएको थियो। कार्यक्रमका सहभागीहरुले बालमैत्री पालिका निर्माणका लागि नीति , कार्यबिधी, समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता रहेको ओल्याउनु भएको थियो ।
कार्यक्रममा करुणा फाउन्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटा, निर्देशक योगेन्द्र गिरी, प्रदेश बाल अधिकार परिषद् सदस्य बासु अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश अध्यक्ष नविन चन्द्र ढुङ्गेल, नेपाल पत्रकार महासंघ मोरङ सचिव नेत्र पी अधिकारी लगायतको सहभागिता रहेको थियो ।