विश्व रोबोटिक्स च्याम्पियनसिपमा सहभागिताका लागि विराटनगरको शिक्षादीप कलेजलाई आमन्त्रण

विराटनगर ३० चैत । भारतको दिल्लीमा हुने विश्व रोबोटिक्स च्याम्पियनसिपमा सहभागिताका लागि विराटनगरको शिक्षादीप कलेजलाई आमन्त्रण गरिएको छ ।

विश्व च्याम्पियनसिपमा विद्यार्थीलाई सहभागिता गराईदिनका लागि निम्तो आएको शिक्षादीप कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले जनकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ ४ जना विद्यार्थी र शिक्षकलाई सहभागिता गराईदिनु हुन भन्दै पत्र आएको छ । ’

विश्व रोबोटिक्स च्याम्पियनसिपमा सहभागिताका लागि पत्र आउनुले कलेज परिवारलाई उत्साहित बनाएको प्रिन्सीपल खड्काले बताउनुभयो । कक्षा १२ को परीक्षा र विश्व रोबोटिक्स च्याम्पियनसीपको एकै समय भएकाले सहभागिताबारे कलेजले निर्णय गरि नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विश्व रोबोटिक्स च्याम्पियनसिपमा सहभागिताका लागि पत्र आउनु नै ठुलो उपलब्धि हो ।’

कलेजले हालै रोबोटिक्स प्रदर्शनी गरेको थाहा भएर विश्व च्याम्पियनसिपमा सहभागिताका लागि पत्र आएको हुन सक्ने पिन्सीपल खड्काले बताउनुभयो ।

शिक्षादीप कलेजले गत माघमा रोबोटिक्स खगोल विज्ञान उड्ययन र आईटी कार्यशालाको आयोजना गरेको थियो । कार्यशालामा विद्यार्थीले बनाएका रिमोटबाट उड्ने प्लेन, स्याटेलाईट, रोबर्ट, ड्रोनहरुहरुको प्रदर्शनी गरिएको थियो ।

शिक्षादीपले हरेक विद्यार्थीलाई ज्ञानसँगै सीप पनि सिकाउने गरेको प्रिन्सीपल खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ शिक्षादीपको अध्ययन पुरा गर्दा केही न केही सीप विद्यार्थीले पाएकै हुन्छ ।’

शिक्षादीपमा ३२ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।