
विराटनगर ३० चैत । सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा तारा आचार्य निर्वाचित हुनु भएको छ । सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित आचार्य पत्रकार महासंघ मोरङका उपाध्यक्ष हुनुहुन्छ ।
सञ्चारिका समूह कोशी प्रदेशको उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे सर्वसम्मत भएका छन् । सदस्यहरुमा इन्दु साह, शान्ति राई, उर्मिला दनुवार, सिर्जना खुलाल, सीता लिम्वु र सुशिला संग्रौला चयन भएका छन् ।
यसअघि अधिवेशन उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले पत्रकारहरुले सत्यतथ्यमा आधारित पत्रकारिता र तीन तहका सरकारलाई खबरदारी गर्नेुपर्ने बताउनु भएको थियो । उपसभामुख दनुवारले महिला पत्रकारहरूलाई पेशागत रुपमा सक्षम बनाउँदै अघि बढ्नु पर्ने उनुभयो । उहाँले महिला पत्रकारहरूलाई अझै पनि पत्रकारिता क्षेत्रमा टिकिरहन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनीहरूलाई सशक्त बनाउन क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताइन ।
अधिवेशनको अवसरमा मोरङकी अग्रज पत्रकार ललिता भट्टराईलाई सम्मान गरिएको थियो ।