जिल्ला अदालतबाट सजाय भई फरार रहेका तीनजना पक्राउ

विराटनगर, २ असार । विभिन्न मुद्धामा मोरङ जिल्ला अदालतबाट सजाय भई फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जवरजस्ती करणी उद्योगमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षिय मेघनाथ यादव छन । उनलाई २०७७ साल माघ २६ गते अदालतले ३ बर्ष ५ महिना कैद सजाय गरेको थियो । यसैगरि सवारी ज्यान मुद्दामा फरार रहेका सुनबर्षी ५ का ४५ बर्षिय गरिब ऋषिदेवलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

ऋषिदेवलाई समेत अदालतले २०७७ माघ २६ गते २ बर्ष ११ महिना १५ दिन कैद र ३२ हजार रुपैया जरिवाना तोकेको थियो । यस्तै चोरी मुद्दामा फरार रहेका सुनबर्षी ९ का २३ बर्षिय लक्ष्मण मण्डलाई २०७७ चैत १२ गते अदालतले २ महिना १० दिन कैद सजाय र २ हजार रुपैया जरिवाना तोकेको थियो ।

फरार रहेका उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका तीनैजनालाई जिल्ला अदालतमा बुझाईएकोमा अदालतले उनिहरुलाई कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।