
विराटनगर १३ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापा जिल्लाले पब्लिकेसन्स ताेकेरै पाठ्यपुस्तक खरिद गर्न दवाव दिएकाे छ ।
निश्चित पब्लिकेशनका मात्र पाठ्यपुस्तक लगाउने निर्णयका कारण स्वतन्त्र हिसाबले किताब छान्न पाउने अधिकारबाट सदस्य विद्यालय बन्चित भएका छन्।
प्याब्सनले सदस्य बिद्यालयलाई पब्लिकेसन्स ताेकेर पाठ्यपुस्तक लगाउनु भनेर ह्विप जारी नै गरेको छ ।
हरेक बर्ष छाता संस्थाले यसैगरी पत्राचार गर्नाले समस्या भएको विद्यालय सन्चालकले गुनासो गरेका छन्।
प्याब्सनले ताेकेका भन्दा अर्को पब्लिकेशनको लगाउन राम्रो लागेपनि छाता संस्थाले जसरी हुन्छ निम्न अनुसारका पाठ्यपुस्तक लगाउनु भनेर पत्रचार गर्ने गरेकाे विद्यालय सञ्चालककाे गुनासाे छ ।
झापा प्याब्सन अध्यक्ष छत्रवहादुर कार्की र सचिव लक्ष्मीप्रसाद उप्रेती द्वारा हस्ताक्षर गरेको पत्रमानै पब्लिकेशनको नाम तोकिएको छ।
प्याब्सनले जुन पब्लिकेशनले बढी रकम दिन्छ उसैको किताब लगाउने गर्नाले गुणस्तरीय पाठ्यपुस्तक पढ्नबाट बिद्यार्थीहरु बन्चित हुने अबस्था आएको एक पब्लिकेशनका बजार प्रतिनिधिले बताए ।