
विराटनगर, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनु पर्ने बताउनुभएको छ । कोशी प्रदेश सभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले विकास र सुशासनको लागि उचित नीति बनाउनु पर्ने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरुवातको थोरै अवधिमा धेरै काम भएको कुरामा जोड दिनुभयो । उहाँले व्यवस्थामा परिवर्तन आयो तर अवस्थामा परिवर्तन नआएको भाष्य गलत हो भन्दै सरकार असाधारण काम गरेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट भएर लाग्नु पर्ने भन्दै सरकार विकास र समृद्धिका लागि दूरगामी कदम चालेको उल्लेख गर्नुभयो ।
कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रमा सरकारले निकै सराहनीय काम गरेको बताउँदै बेरोजगारीलाई अन्त्य गर्न उद्यमशीलतामा जोड दिनु पर्ने भत्रुभयो । उहाँले मुलुकको आर्थिक विकास गर्न र जनताको जीवन स्तरमा परिवर्तन ल्याउन सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना छ भन्दै सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रक्षा गर्छ भत्रुभयो ।
प्रधानमन्त्री ओलीले कोशी प्रदेश ज्ञान, सभ्यता र त्यागको भूमि हो भन्दै वातावरणलाई सन्तुलित गर्न र पर्यावरणलाई ठीक ठाउँमा ल्याउन कोशी प्रदेशका हिमालहरुको महत्वपूर्ण भूमिका छ भत्रुभयो । प्राकृतिक हिमाल र भूगोल एवं सम्पदाको धनी कोशी प्रदेश हाम्रो लागि गौरव हो भन्दै प्रधानमन्त्री ओलीले जातजाति, धर्म, संस्कृति र कलाको धनी यो प्रदेशमा अनेक प्राकृतिक सम्पदा र धार्मिक आस्थाका धरोहर छन् भत्रुभयो । उहाँले दिगो विकास लक्ष्यमा नेपाल ४८ प्रतिशत प्रगति हासिल गरेको छ भन्दै प्रभानमन्त्री ओलीले भत्रुभयो, ‘ म शान्ति, राष्ट्रिय एकता र विकासका निम्ति अडिग छु ।’
व्यवसायिक दक्षताको कमीका कारण नेपाली श्रमिक उचित पारिश्रमिक नपाउने कारणले वैदेशिक रोजगारमा जाने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भत्रुभयो, ‘लोकतन्त्रमा नै सामाजिक न्याय र समानता हुन्छ एवं नागरिकको सर्वोच्तता कायम हुन्छ ।’ उहाँले सरकार भ्रष्टाचारलाई नियन्त्रणको बाटोमा अघि बढेको स्पष्ट पार्दै देश बनाउने अभियानमा हामी एकजुट भएर अघि बढौँ भत्रुभयो । उहाँले कोशी प्रदेश सरकार सक्रियता र सक्षमताका साथ अघि बढ्नु पर्ने र यसका लागि सङ्घीय सरकार सहयोग गर्न तत्पर छ भत्रुभयो ।
प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै देशको मुहारलाई फेर्न सरकार सुशासन र समृद्धको बाटोमा तीव्रत गतिमा काम गरिरहेको छ भत्रुभयो । प्रधानमन्त्री ओलीले अपरान्ह ३ः१५ देखि ४ः२५ सम्म प्रदेश सभामा सम्बोधन गर्नुभएको थियो ।