
विराटनगर २७ फागुन । कोशी प्रदेश स्तरिय खुल्ला व्यायाम प्रतियोगिता हुने भएको छ ।
नेपाली फिटनेस एण्ड कोलिसयोनिक्स विराटनगरको आयोजनामा आगामी चैत १६ गते सहिद रंगशाला विराटनगरको खेलमैदानमा प्रदेश स्तरीय एक दिवसीय चौथो खुल्ला व्यायाम प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता आयोजनाको तयारी व्यापक रुपमा भईरहेको बिराटनगर नेपाली फिटनेस एण्ड कोलिसयोनिक्स विराटनगरका अध्यक्ष सुमन बञ्जराले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाबाट महिला र पुरुष खेलाडी सहित एक सय जनाको सहभागिता रहने बञ्जराले बताउनुभयो ।
विभिन्न तीन विधामा प्रतियोगिहरुले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोतिाका विजेतालाई १५ हजार, उपविजेतालाई ९ हजार र तेश्रो हुनेलाई ६ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष बञ्जराले बताउनुभयो ।
प्रशिक्षार्थी पत्रकार