
विराटनगर २३ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । पार्टी कार्यालय पाञ्चालीमा विहीबार दिउँसो ३ वजेदेखि शुरु भएको मतगणनामा ५० प्रतिशत मतगणना सकिएको छ ।
मतगणनाकाको पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार संस्थापन इतर समूहको अग्रता कायमै छ । इतर समूहले प्रारम्भिक चरणदेखि नै अग्रता कायम राखेको छ । पदाधिकारी तर्फ ४३९ मतगणनाको नजिता सार्वजनिक हुँदा पदाधिकारीमा संस्थापन इतर समूहले अग्रता लिएको छ ।
संस्थापन इतर समूहबाट अध्यक्षका उम्मेदवार अजम्वर राईले २२५ मत ल्याउनु भएको छ । उहाँलाई पार्टी संस्थापन समूहबाट अध्यक्षका उम्मेदवार राजकुमार ओझाले २०२ मतका साथ पछ्याईरहनु भएको छ । अध्यक्षमा २३ मतको अन्तर छ । उपाध्यक्षमा संस्थापन इतर समूहका सागर थापाले २२८ मतका साथ अग्रता कायम राख्नु भएको छ । उहाँलाई संस्थापन समूह समर्थित शान्ति लिम्वुले १८२ मतका साथ पछ्यारहनु भएको छ । उपाध्यक्षमा ४६ मतको अन्तर छ । सचिवमा सोमराज थापाले २३० मत ल्याउनु भएको छ ।
सचिवमा रविन थापाले १८० मतका साथ पछ्याइरहनु भएको छ । सचिवमा ५० मतको अन्तर छ । उपसचिवमा सन्तोष बान्तबा राईले २३९ मत ल्याउनु भएको छ । उहाँलाई इर्जालाल राजवंशीले १६३ मतका साथ पछ्याईरहनु भएको । उपसचिवमा राई र राजवंशीको अन्तर ७६ छ । उपसचिवमा उषा झाले २०७ मत ल्याउनु भएको छ । उहाँलाई शिल्पा निराला कार्कीले २०४ मतका साथ पछ्याईरहनु भएको छ । उपसचिवमा झा र कार्कीको अन्तर ३ मतको रहेको छ । कार्कीले झा सँगको मतान्तर घटाउँदै जानु भएको छ । पहिलो एक सय गणनामा अग्रता कायम गरेपनि त्यसपछि घोषित मतपरिणाममा कार्की पछि पर्नु भएको थियो ।
अहिले दोश्रो मतपेटिकाको सदस्यहरुको मतगणना भईरहेको छ । सदस्यमा पनि संस्थापन इतर समूह नै अगाडी छ ।
सदस्यको गणनापछि तेश्रो मतपेटिका खोलिने निर्वाचन कमिटीले जनाएको छ । मत पेटिकामा पदाधिकारी, क्लष्टर र भूगोल सवैको मत खसालिएको छ । निर्वाचनमा ९११ प्रतिनिधि मध्ये ८८८ ले खसालेका थिए ।