
विराटनगर २२ फागुन । नेकपा एमाले माेरङकाे १० औ अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनकाे मतगणना शुरू भएकाे छ ।
पदाधिकारी र सदस्यहरूकाे एकै पटक मतगणना शुरू गरिएकाे छ । नयाँ नेतृत्व चयनका लागि ८८८ जनाले मतदान गरेका छन् ।
पदाधिकारीमा संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी र संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तबा प्रतिष्पर्धामा छन् ।
निर्वाचनबाट १६५ जना निर्वाचित हुने छन् । ७१ जना निर्विरोध निर्वाचित भएका छन् ।
५ पदाधिकारी सहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा रहेका छन् ।