एमाले मोरङ अधिवेशन : निर्वाचन कार्यक्रम शुरु हुन सकेन

विराटनगर १९ फागुन । नेकपा एमाले मोरङको निर्वाचन कार्यक्रम शुरु हुन ढिलाई भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुशार आज विहान ८ वजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने तय गरिएको थियो ।

विहान ८ वजे निर्वाचन कार्यक्रम शुरु हुन नसकेपछि विहान १० वजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने सूचना प्रकाशित गरेको थियो ।

संशोधित तालिका अनुशार पनि निर्वाचन कार्यक्रम शुरु हुन नसकेपति प्रतिनिधिहरु आक्रोशित भएका छन् । उनीहरुले छिटो निर्वाचन कार्यक्रम अघि बढाउन निर्वाचन समितिलाई दवाव दिएका छ ।
विहान १० वजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने भनिए पनि अहिले सम्म पनि प्रकृया शुरु नगरिएको भन्दै अधिवेशन प्रतिनिधिहरु अधिवेशन स्थल होटल मनास्लु इनमा आक्रोशित बनेका छन् ।

निर्वाचन समितिका अधिकृत डिल्लीराम घिमिरेले चाँडै निर्वाचन प्रकृया शुरु गरिने बताउनुभयो ।