
विराटनगर १४ फागुन । विराटनगर महानगर स्थानीय स्काउटले आयोजना गरको स्काउट मास्टर तालिम आज सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको सहयोगमा ६ दिने आवासीय तालिममा विराटनगरका विभिन्न विद्यालयका ४८ जना शिक्षक शिक्षिकको सहभागिता रहेको थियो ।
तालिममा पुरुषहरुतर्फ स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान कोर्ष लिडर रहेका थिए ।
तालिम समापनको अवसरमा दीक्षित स्काउट मास्टरहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, राष्ट्रिय प्रशिक्षक उपाध्याय लगायतले शुभकामना व्यक्त गरेका थिए । विद्यालय तहसम्म स्काउटलाई पुर्याउनका लागि तालिमको अयोजना गरिएको विराटनगर महानगर स्थानीय स्काउटका प्रमुख आयुक्त नवीन पहाडीले बताए ।
हरेक विद्यालयसम्म स्काउटलाई पुर्याउने महानगरको अभियान रहेको भन्दै उनले तालिमबाट दीक्षित भएका शिक्षक शिक्षिकाहरुले नै विद्यालयमा स्काउट सञ्चालन गर्ने जानकारी दिए ।