
विराटनगर ३० माघ । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश वस्नेतले सञ्चार सम्वन्धी कानून निर्माणमा प्रेस चाैतारीले नेतृत्वदायी भूमिका निर्माण गरेकाे बताउनु भएकाे छ ।
प्रेस चाैतारी काेशी प्रदेशकाे दाेश्राे अधिवेशनकाे आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष वस्नेतले साे कुरा बताउनु भएको हाे । अध्यक्ष वस्नेतले संगठनकाे हित विपरीत गर्नेहरूलाई संगठनले जिम्मेवारी नदिइने बताउनुभयाे । संगठनमा काम गर्नेहरू अघि बढ्ने र नगर्नेहरू पछाडि पर्ने भयाे ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे स्वाभिमानका लागि चालेका कदमहरूलाई प्रेस चाैतारीले उच्च महत्त्व दिएकाे बताउनुभयाे ।
अध्यक्ष वस्नेतले सामाजिक सञ्जाल नियमक विधेयकमा पत्रकार महासंघले नबुझीनेगरि काम गर्न आग्रह गर्नुभयाे । उहाँले विधेयक राम्रो रहेकाे टिप्पणी गर्नुभयाे ।
प्रेस चाैतारीले काेशीमा सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष वस्नेतले बताउनुभयाे ।
विराटनगरमा जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १४० सहभागी छन् ।