वर्तमान गठबन्धन सरकार परिवर्तन गर्ने कुनै सोच छैन : झलनाथ खनाल

विराटनगर २८ माघ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकार परिवर्तन गर्ने कुनै सोच नरहेको बताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारले देश जनताको हितमा राम्रो काम गर्नुपर्नेमा जोड दिनु भयो ।

नेता खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेकोले आगामी निर्वाचनबाट सरकार परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता खनालले भन्नुभयो,‘ वामपन्थीहरुको अव टाउको गनेर होइन ,नीति तथा कार्यक्रमको आधारमा मिल्नु पर्छ।’ उहाँले मुलुकलाई समृद्धि कायम गर्न दलका नेताहरुले कृषि तथा औद्योगिकीकरणतर्फ लाग्नु पर्ने सुझावदिनु भयो । उहाँले कृषिलाई आधुनिकरण, यान्त्रीकरण गरी विकासको आधार तय गरी हिडमा मात्र अर्थतन्त्रको सवलीकरण हुने विचार व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले वर्तमान संविधानको सिंहालोकन गर्नु आवश्यक्ता औँल्याउनु भयो । नेता खनालले संम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानका राम्रा कुरा लागुपर्नेमा जोडदिनु भयो । उहाँले वर्तमान राजनीतिकदलहरु मध्ये नेकपा एकीकृत समाजवादीले मात्र जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरु ल्याएको बताउनुभयो ।