माेरङ बुढीगंगाकाे जेभियर्स इङलिस स्कुलकाे १० औं बार्षिकाेत्सव, व्यवहारिक शिक्षामा जाेड

विराटनगर २६ माघ । माेरङ बुढीगंगा २स्थित जेभियर्स इङलिस स्कुलले शनिबार १० औं बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।

बार्षिकाेत्सवकाे अवसरमा एक शिक्षक सहित तीन जनालाई सम्मान गरिएकाे छ । ०८० बुढीगंगा भरिमा उत्कृष्ट अंक ल्याउने जेभियर्सकाे कक्षा १२ का कुशल विक, कक्षा १० कि दीया थापा मगर र खेल शिक्षक कराँतेका प्रभाकर रानामगरलाई कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायतले सम्मान गर्नुभएकाे थियाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा मगरले गुणस्तरीय शिक्षामा जाेड दिनुभयाे । उहाँले विद्यार्थीलाई समयानुकूल शिक्षा आवश्यक रहेको बताउनुभयाे

स्कुलका प्रिन्सिपल परेश पाेखरेलले स्कुलले व्यवहारिक शिक्षामा जाेड दिएकाे बताउनुभयाे ।आगामी दिनमा जेभियर्सलाई राम्रो शैक्षिक वातावरण भएकाे विद्यालय बनाईने बताउनुभयाे । उहाँले शिक्षककाे व्यवसायिक दक्षतामा जाेड दिएर स्कुलले काम गरिरहेकाे बताउनुभयाे ।

शिक्षामा सकारात्मक परिवर्तन ल्याउन अहाेरात्र लागिपरेकाे प्रिन्सिपल पाेखरेलकाे भनाई छ । उहाँले भन्नुभयाे,`सिकाईलाई अर्थपूर्ण बनाउन लागिपरेका छाैं ।´ उहाँले निरन्तर साथ सहयाेग गर्ने अभिभावकहरूमा विशेष आभार व्यक्त गर्नुभयाे ।

शिक्षा विकास तथा समन्वय इकाई माेरङ प्रमुख जीवन गड्ताैलाले व्यवहारिक शिक्षामा जाेड दिनुभयो । उहाँले अहिलेकाे शिक्षा सीपयुक्त हुनुपर्ने बताउनुभयाे । उहाँले सर्टिफिकेटमा मात्रै नभएर ब्यवहारमा पनि एप्लस ल्याउन आग्रह गर्नुभयाे ।

कार्यक्रम स्कुलका विभिन्न तहका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । स्कुलमा ८३२ विद्यार्थी अध्ययनरत छन् । स्कुलले ५ वर्षअघि देखि कक्षा ११, १२ काे पठन पाठन शुरू गरेकाे थियाे ।