मानव वेचविखन तथा ओसार पसार विरुद्ध परियोजना सल्लाहकार समितिको वैठक

विराटनगर २५ माघ । मानव वेचविखन तथा ओसार पसार विरुद्ध सञ्चालित कार्यक्रमको समीक्षा सहित परियोजना सल्लाहकार समितिको वैठक आयोजना गरिएको छ ।

विराटनगर महानगरपालिका र माइती नेपालको समन्वयमा संचालन हुने मानव वेचविखन तथा ओसार पसार विरुद्धको कार्यक्रमको समिक्षा सहित नगर परियोजना सल्लाहकार समितीको वैठक बसेको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

विराटनगर महानगरपलिकाका नगर प्रमुख नागेश कोईरालाज्यूको अध्यक्षतामा वैठक वसि छलफल गरीएको उहाँले बताउनुभयो । विहीबार बसेको बैठकमा माइती नेपालका तर्फबाट संयोजक पोखरेलले गतवर्षको आफ्नो कार्यको विवरण, आर्थिक पाटो, कार्यप्रगती, तथा कार्यक्रमहरु र सेवाप्रदान गरेको सुचितथा तथ्याङ प्रस्तुत गर्नुभएको थियो । परियोजना सल्लाहकार समितिको वैठक माइती नेपालले वार्षिकरुपमा गर्ने गरेको छ ।

बैठकमा माइती नेपालले आफ्नो कार्यको पारदर्शीता र आगामीदिनको कार्यक्रम योजना र गएको वर्षमा कसरी मानव वेचखिनतथाओसार पसार विरुद्ध कार्यहरु संचालन गरिएका कार्यक्रमबारे जानकारी गराएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख नारायण चिमरिया, जिल्ला समन्वय समिति उपप्रमुख उषा झा, समाजिक विकास मन्त्रालय महाशाखा प्रमुख दुर्गा भण्डारी बराल लगायतको सहभागिता रहेको थियो ।

बैठकमा माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले मानव वेचविखनका परिवर्तीत स्वरुपहरुबाट जानकारी गराउनु भएको थियो ।