विराटनगर, १४ जेठ । विराटनगर वडा नं ९ मा आज ज्येष्ठ नागरिक क्लिनिक सञ्चालन गरिएकाे छ । नेपाल ग्रामिण विकास समाज केन्द्रकाे आयाेजना तथा विराटनगर महानगरपालिकाकाे सहयाेगमा आयाेजित कार्यक्रमबाट एक सय बढिले स्वास्थ्य परिक्षण गरेका थिए ।
संजिवनि आईकेयर प्रालिकाे सहकार्यमा आँखा परिक्षण तथा नि:शुल्क औषधी वितरण गरिएको थियाे । विराटनगर वडा समितिकाे कार्यालय वडा नं. ९ बाट ब्लडप्रेसर नाप गर्नुका साथै सामान्य प्रकारका औषधी दिईएकाे थियाे ।
उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिईएकाे थियाे । कार्यक्रममा महानगरपालिकाका मेयर नागेश काेईराला, विशेष अतिथि शिल्पा निराला कार्की, विराटनगर वडा ९ का वडा अध्यक्ष विश्वनाथ प्रसाद भगत तथा वडा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।
एनआरडिका सभापति मणिकुमार अर्ज्यालकाे अध्यक्षातामा सम्पन्न कार्यक्रममा वक्ताहरूले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै सफा, समृद्ध र हराभरा शहर निमार्णका लागि सुझाव दिएका थिए । ज्येष्ठ नागरिक मैत्री शहर तथा संरचनाहरु बनाई ज्येष्ठ नागरिकाे सम्मान गर्न सुल्झाएका थिए ।
“ज्येष्ठ नागरिकको सम्मान, सभ्य समाजकाे पहिचान” भन्ने नाराका साथ सञ्चालन गरिएको ब्रह्मज्ञानी विश्रामालयमा नियमित रुपमा गरिने स्वास्थ्य सेवा कार्यक्रमका लागि वडाबाट सहकार्य हुने र १ जना एमबिबिएस डाक्टर खटाउने प्रबन्ध गर्ने प्रतिबद्धता नवनिर्वाचित मेयर नागेश काेईरालाले गरेका थिए ।