आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले स्कटल्याण्डकाे सामना गर्दै

विराटनगर ७ माघ । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।

पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो ।