
विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ ।
आज दिउँसो २ वजे बस्ने प्रदेशसभा बैठकमा प्र्रदेश प्रमुख परशुराम खापुङले संसद अधिवेशन आह्वान सम्वन्धी पठाएको पत्र पढेर सुनाउने, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ ।
प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि आजको बैठकमा प्रस्तुत गरिजे कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कोशी प्रदेशसभाको पाचौँ अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो । चार महिनापछि आजदेखि हिउँदे अधिवेशन शुरु हुन लागेको हो ।