रविमाथि सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो दाबी

विराटनगर ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारीतर्फ सो रकम बिगो दाबी गरिएको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

सहकारीतर्फ कूल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।