विराटनगर, २२ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको बर्तमान सरकार बनाउन बनेको समीकरण पछिल्लो समयम रहिरहने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्वपूर्ण उलब्धि हासिल भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना पनि दिनुभयो । सभापति देउवाले नेपालले क्रृणको भार हुन नदिन विआरआई सम्झौताबाट विभित्र परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएकोमा खुशी हुँदै भत्रुभयो, ‘ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन पूरा समयसम्म चलिरहन्छ, नेपाली कांग्रेसले कुनै पनि अपठयो हुने काम गर्ने छैन ।’
नेपाली ग्रामीण क्षेत्रमा पार्टीलाई बलियो बनाएमा मात्र नेपाली कांग्रेस बलियो हुने भन्दै सभापति देउवाले ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र नेपाली कांग्रेसले बिजय प्राप्त गर्न सक्छन् भत्रुभयो । उहाँले आजको सम्मेलनमा पार्टीले महत्वपूर्ण निर्णय गर्न सफल होस् शुभकामना दिनुभएको छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खडकाले पार्टी विधान अनुसार चल्नु पर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भर्खरै सम्पत्र भएको उपनिर्वाचनको परिणाम अनुसार पार्टीका निम्ति सकारात्मक एवं उत्साह जनक छ भन्दै संविधान संशोधनको अगुवाई पनि नेपाली कांग्रेसले नै लिने बताउनुभयो ।
पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न नेकपा एमाले र नेपाली कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै पार्टीमा एकता हुनु आवश्यक छ भत्रुभयो । उहाँले पार्टीलाई सुसंगठित एवं प्रभावकारी बनाउन नेता देखि कार्यकतासम्म एकता हुनु पर्ने आवश्यकता औँल्याउँदै संविधान र व्यवस्थालाई रक्ष ागर्न यो राजनीतिक समीकरण भएको भत्रुभयो । उहाँले सरकारले भ्रष्टाचारलाई नियन्त्रण गरी दिगो विकास र सुशासन कायम देशलाई समृद्धतर्फ लैजान सरकार काम गरिहेको जानकारी दिनुभायो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषयमा व्यापक छलफल हुने पर्ने जिकिर गर्नुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संगठन सुदृढीकरणका लागि आजको सम्मेलन फलदायी बत्रे विश्वास व्यक्त्त गर्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु विजयकुमार गच्छदार, डा शशांक कोइराला, डा प्रकाशशरण महत, राजीव कोइराला, अमृत अर्याल, सरिता प्रसाँई, डिला संग्रौला, गोमा भट्टराई लगायत तीन दर्जन नेताहरुले बोल्नुभएको थियो ।