मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुद्धारा सपथग्रहण

विराटनगर, ९ जेठ । मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुले विराटनगरमा सपथग्रहण गरेका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा १७ वटै पालिकाका प्रमुखहरुले सपथग्रहण गरेका हुन् ।

मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालले उनीहरुलाई सपथग्रहण गराए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । पार्टीभन्दा माथि उठेर विकासको काममा जनप्रतिनिधिहरु लागिपर्ने उनले बताए ।

शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित मोरङका जनप्रतिनिधिहरूले आजैदेखि जिम्मेवारी सम्हालेका छन् ।