विराट मेडिकल बन्यो कोशीमा सर्वोत्कृष्ट सेवा दिने अस्पताल

विराटनगर ११ मंसिर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले कोशी प्रदेशमा सवैभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरु मध्येबाट उत्कृष्ट विराट मेडिकल कलेजलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सम्मानित गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा आज काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विराट मेडिकल कलेज शिक्षण अस्पतालका सिईओ डिनिस कार्कीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत भई आ.व. २०८०–०८१ म योगदानकर्तालाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मध्ये विराट मेडिकल उत्कृष्ट बनेको हो ।

मोरङ बुढीगंगामा रहेको विराट मेडिकल कलेजले पछिल्ला वर्षहरुमा स्वास्थ्य सेवामा उल्लेखनीय प्रगित हाँसिल गर्दै गएको छ ।