विराटनगर ६ मंसिर । नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी विराटनगर किङ्गसले बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गर्दैछ ।
विराटनगरले मेरिलिवाेन ज्वाला क्रिकेट मैदानमा अभ्यासमा बन्द प्रशिक्षण गर्नेछ । पहिलो चरणको बन्द प्रशिक्षण मंसिर ११ गते सम्म हुने बताइएको छ। पहिलो चरणको बन्द प्रशिक्षणमा टोलीमा रहेका नेपाली खेलाडी सहभागी रहनेछन् ।
मंसिर १२ गतेदेखि टोलीले लिगको अन्तिम तयारी काठमाडौंबाट गर्नेछ । विराटनगरले बुधवार टोलीको जर्सी तथा एन्थम सार्वजनिक गरेको थियो ।
विराटनगर टाेलीमा सन्दीप लामिछाने ( मार्की खेलाडी ), लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आल छन् ।
विराटनगरका मुख्य प्रशिक्षकमा आयरल्यान्डका पुर्व क्रिकेटर केभिन ओ ब्राइनलाई छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।