ग्रामथानको अध्यक्षमा तुलसीरामलाई भोट किन ?

विराटनगर ३० कात्तिक । मोरङको ग्रामथानको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत समाजवादीले उम्मेदवार टुङ्ग्याएर प्रचारप्रसारमा जुटेका छन् ।

नेकपा एमालेले पनि प्रचार प्रसारलाई तीव्रता दिएको छ । बुधबारदेखि घरदैलो शुरु गरेको एमालेले ग्रामथानको वडा नं. १ लखन्तरी, वडा नंं ७ को धोवियारेमा घरदैलो गरेको छ । आज विहान ग्रामथान २ झोराहाटमा घरदैलो र साँझ कोणसभाको आयोजना गरिएको छ ।

ग्रामथान समृद्धिको एकमात्र आधार स्थानीय तहमा एमालेको सरकार भन्ने नाराका साथ प्रचारप्रसार गरिरहेको एमालेले महत्वकांक्षी चुनावी प्रतिबद्धता भन्दापनि पुरा गर्न सकिन १४ बुँदे मुख्य प्रतिबद्धता सहित घरदैलो गरिरहेको छ । जनतालाई आश्वासन दिने भन्दा पनि पुरा गर्न सकिने प्रतिबद्धता लिएर घर–घरमा पुगीरहेको एमाले नेता कार्यकर्ताको टोलीलाई स्थानीयवासीले भव्य स्वागत मात्रै गरेका छैनन अध्यक्षमा तुलसीराम विश्वासलाई नै देख्न पाइयोस् भन्दै आर्शीवाद पनि दिईरहेको छन् ।

तुलसीराम विश्वासका चुनावी प्रतिबद्धता के छन् ?
जनप्रतिनिधि शासक होइन, जनताका सेवक हुनुपर्दछ भन्ने मान्यता स्थापित गर्न, सेवाग्राहीलाई सहज, छिटो र झन्झटरहित सेवा प्रदान गर्न, जनप्रतिनिधिको जवाफदेहिता सुशासन र पारदर्शिता स्थापित गर्न, स्थानीय भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्न, शिक्षाको गुणस्तर कायम गर्न,स्वास्थ्य बीमालाई सबै जनताको पहुँचमा पुर्याउन ,शुद्ध पिउनेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित, वालमैत्री स्थानीय तह घोषणा गर्न, संघ र प्रदेश सरकारसँग समन्वय गरी पालिकाको समृद्धि र समुचित विकास गर्न, योजना छनोट, निर्माण कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको अपनत्व स्थापित गर्न, स्थानीय उत्पादनको सम्बर्दन र प्रबद्र्धन गर्न, महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरणका लागि ठोस कार्यक्रम ल्याउन, जनप्रतिनिधि “जनताको सुख दुःखका साथी” भन्ने मान्यता विकास गर्ने प्रतिबद्धता विश्वासले गर्नु भएको छ ।

चुनावी प्रतिवद्धतालाई आगामी ०८४ सम्मको कार्यकालमा पुरा गर्न सकिने अध्यक्षका उम्मेदवार विश्वासले बताउनुभयो ।