विराटनगर २५ कात्तिक । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टि–२० क्रिकेट प्रतियोगितामा विराटनगर विजयी भएको छ ।
विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको टि–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने खेल संयोजक मन्दिप साहले बताए ।
आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले २–० को अग्रता लिएको हो ।
टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १२ रन बनाएको थियो ।
विराटनगरकालागि प्रिन्सा मगरले २८ रन बनाउँदा काजल राजवंशीले २० रन, टिका साहले १६ रन सानु राजवंशीले १२ रनको योगदान दिइन् । राजविराजकी अपेक्षा यादवले ३ विकेट लिँदा साक्षी यादवले पनि ३ विकेट लिइन् ।
१ सय १३ रनको विजयी लक्ष्य पाएको राजविराजले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । राजविराजले अतिरिक्त २४ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।
विराटनगरकी प्लेयर अफ म्याच टिका साहले ४ विकेट लिइन् । उनले १ दशमलव ५ बलमा २ रन दिएकी थिइन् । त्यस्तै सुवेक्षा लिम्बुले २ विकेट लिइन् ।