एमाले मोरङको चियापान आज

विराटनगर १४ कात्तिक । नेकपा एमाले मोरङले नेपालीहरुका महान चाडपर्वहरुको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम गर्दै छ ।

दसैं, तिहार, छठ, नेपाल संवत ११४५, इद, ल्होसार लगायतका सम्पूर्ण चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्न लागिएको एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले बताउनुभयो ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एमालेका विभिन्न तहका नेताहरु लगायतको सहभागिता रहने बताईएको छ ।

पार्टी कार्यालय पाञ्चालीमा विहान ११ देखि शुरु हुने कार्यक्रमका लागि सवै राजनीतिक दलका नेताहरु, उद्योगी व्यापारी, नागरिक समाज, सञ्चारकर्मी लगायतका सवै क्षेत्रका व्यक्तिहरुलाई निमन्त्रणा गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका लागि करिव ५ हजारलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।

नेकपा एमालले हरेक वर्ष दशैं पछि तिहार अघि शुभकामना तथा चियापान कार्यक्रम गर्दै आएको छ ।