विराटनगर, १९ आश्विन । स्टार वहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरले आफ्नो २७ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ ।
साधारण सभाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभअधिकारीले गर्नु भएको थियो । उहाँले मुलुकको आर्थिक सम्बृद्धिका लागि सहकारीको महत्व रहेको बताउनु भयो । सहकारीका बारेमा पछिल्लो समयमा अनेक नकरात्मक कुराहरु आइरहेकाले सबै सहकारी संस्थाहरु यसतर्फ सचेत हुनुपर्ने बताउदै उहांले समाज रुपान्तरणका लागि सहकारी कुशल माध्यम हुन सक्छ भन्नुभयो ।
कार्यक्रममा स्वर्गीय ओमप्रकाश गोयल–स्टार छात्रवृत्ति अन्तर्गत ११ जना बिभिन्न सरकारी विद्यालयवाट यस बर्ष एसइइ उत्तिर्ण विद्यार्थीलाई जनही ७ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । साथै बेनु/सीता देवी, पर्शुराम प्रसार्ई–स्टार अक्षय कोषबाट विराटेश्वर बृद्ध आश्रमको भवन निर्माण कार्यका लागि आवश्यक ३० बोरा सिमेन्ट वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रमेशप्रसाद पोखरेलले संस्थामा हाल ४ करोड १०लाख७ हजार शेयर पूँजी रहेको र संस्थामा अषाढ मसान्त सम्ममा २ हजार ४ सय ९६ जना शेयर सदस्य रहेका, संस्थाको निक्षेप ३३ करोड ९४ लाख, सदस्यहरु बिच ३३ करोड ३३ लाख कर्जा लगानि रहेको बताउनु भयो ।