‘कण’को अध्यक्षमा दिप

बेलबारी १८ असोज । कण लघुकथा मञ्च, बेलबारी, मोरङको प्रथम साधारण सभाले दिपकुमार मङ्ग्रातीलाई अध्यक्षतामा निर्वाचित गरेको छ ।

कोशी प्रदेशकाले मात्र साधारण सदस्य तथा देशभरका लघुकथाकार/साहित्यकारहरूले आजीवन सदस्य बन्न पाउने व्यवस्था रहेको मञ्चको उपाध्यक्षमा उमा सिजापती, सचिवमा शारदा दहाल भण्डारी, सहसचिवमा पवित्रा सापकोटा र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । सदस्यहरूमा विष्णु भण्डारी आचार्य, रोशन पराजुली, सुशिला सुवेदी पाठक र अम्बिका प्रसाद कोइराला ‘अकेला’तथा लेखा सदस्यमा नवराज पोखरेल नवशीला निर्वाचित हुनु भएको छ ।

साधारणसभामा प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार हर्कमान तामाङ, वरिष्ठ संस्कृतिकर्मी मधु गुरुङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, अध्यक्ष दिपकुमार मङ्ग्रातीले कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम गरी आठ जिल्लाका ८८ जनाले घुकथाकार हरूको ९४ ओटा लघुकथाहरू सङ्गृहीत कृति ‘कण’लाई सार्वजनिक गरेका थिए । प्रमुख अतिथि राईले मौलिकभाषा, संस्कृति र समकालिन विषयहरूलाई विषयवस्तु बनाएर साहित्य लेखिनुपर्ने विषयमा जोड दिदै ‘उल्का’शीर्षकको आफ्नै लघुकथा सुनाउनु भएको थियो ।

कार्यक्रममा अतिथि सम्पादक ईरान राईले सिर्जना नमर्ने गरी कम्तिमा १०० शब्द शुद्ध लेख्न ख्याल गर्दै सङ्ग्रहका लागि बेलैमा रचना प्रेषित गर्नुपर्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष मङ्ग्रातीले मञ्च र लघुकथालाई अझव्यापक बनाउँदै नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा रमेन्द्र कोइराला, शुक्रराज कुँवर, यज्ञ परिश्रमी, दिलिप राई सगर, निरज कोइराला, जेबी खत्री, ऋषि तिवारी, भूपाल अधिकारी, तीर्थराज सिग्देलले लघुकथा वाचन गरेका थिए ।

कार्यक्रममा सरण राई, हरिकान्त पौडेल, तिला लेकाली र रमेश निरौला, विनोद घिमिरे अतिथि रहनु भएको थियो ।

लघुकथाको विकास, विस्तार र प्रचारलाई मुख्यलक्ष्य राखेर जिल्ला प्रशासन कार्यालय, मोरङमा गत वैशाख २४ गते दर्ता भएको मञ्चले पाँच महिना भित्रै कार्य समिति चयन गरेको हो ।