विसं २०७४को स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकमा ५७१० को मतान्तरमा नेपली कांग्रेसका भीम पराजुलीले एमालेका विनोदप्रसाद ढकाललाई पराजय गरेको थिए । मतगणनाको क्रममा करिब १९,४१९ (२४.७ प्रतिशत) मत बदर भएको पाइयो । मतदाता शिक्षालाई प्रभावकारी बताएको निर्वाचन आयोग र दलले उक्त बदरमत विराटनगरमा अउनु आश्चार्यजनक थियो । क्रमशः जहदाँ गाउँपालिकामा २० प्रतिशत, रतुवामाईमा २० प्रतिशत र सुवर्षिमा १५ प्रतिशत बदर मत खसेको थियो । मोरङका ९ वटा स्थानीय तहमा १० प्रतिशत भन्दा बढी मत बदर भएको थियो भने अन्यमा कम देखिन्छ ।
मोरङमा कुलमतको १२.३६ प्रतिशत बदरमत बदर खसेको थियो । तर राजनीतिक दलमा बदरमतलाई न्यूनीकरण गर्ने रणनीति देखिन्न । उमेद्वारहरु जनताको घरदैलोमा मतादाता शिक्षालाई प्रभावकारी बनाउने योजना भन्दा पनि सार्वजानीक सडकमा परिचय गर्ने, मतदातालाई ढोग्ने प्रवृती मात्र देखिन्छ । जस्ले गर्दा बैशाख ३० गतेको चुनाव नजिकिदै गर्दा बदर मत हुनेको संख्या झन बढ्ने देखिन्छ ।
निर्वाचन आयोगले मतदाता शिक्षामा राजनीतिकरण गरिएको, मतदाता शिक्षा दिने ब्यक्तिले उल्र्टै राजनीतिक दलको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्ने आधारमा यसवर्ष घरदैलो शिक्षा नगरेको बताएको छ । राजनीतिक दलका उमेद्वारहरु आफ्नो चुनाव चिन्हमा भोट माग्ने अभियानमा ब्यस्त देखिन्छन् । गाउँगाउँमा चुनाव लागेकोे छ । चुनावको रौनक हरेक स्थानीय तहमा पार्टीका झण्डा र माइकको आवजले चुनावी माहोल बनाएको छ । तर निरक्षर ब्यक्तिहरुलाई अझै पनि भोट कसरी हाल्ने शिक्षा पुग्न सकेको छैन । जस्ले गर्दा उनीहरु अन्योलमा देखिन्छन् । घर सरसफाईको काम गर्ने कञ्चनबारी ४, बस्तामा बस्ने ४५ वर्षिया उमा राजंवशीलाई भोट हाल्ने तरिका थाहा छ्र्रैन । उनीलाई कुनै पनि दलका उमेद्वारले भोटहाल्ने तरिका सिकाएको छैन । उनी भोट हाल्ने तरिका थाहा नभएको बताउँछिन् ।
अघिल्लो स्थानीय तहको चुनाबमा विराटगरमा २४.७ प्रतिशत मत बदर हुनुका विभिन्न करणहरु मध्ये मदतादा शिक्षा नै प्रमूख हो । अझ निरक्षर मतदाताहरुको कारण थप मतहरु बदर भए । विसं २०७४ को चुनावमा ८७६ अपांगता सहित ११७४५ जना मतदाताहरु विराटनगरमा निरक्षर रहेका थिए । जुन कुल मतको करिब १४ प्रतिशत हुन्छ । अधिकांश बदरमतको स्रोत निरक्षर मतदाताहरु हुन सक्छन् । बदरमतको प्रकृति हेर्दा मतदात शिक्षा कमजोर हुनु, हातको औलाले छाँप लगाउनु, राजनीतिक गठबन्धनलाई अस्विकार गरी आफ्नै पार्टीलाई भोट दिनु, एउटै मतपत्रमा ७ पटक मत लगाउनु पर्ने आवस्थाले अन्योल हुनु, मतपत्र अत्याधिक ठुलो हुनु रहेको देखिन्छ ।
बैशाख ३० गतेको चुनाबको रोचक पक्ष झन् ५ दलिय गठबन्धनको वहुरंगी चुनावी नारा र चुनाव चिन्हले जनताहरु झनै अन्योयमा परेको देखिन्छ । गठबन्धनमा धेरै उमेद्वारका चिन्हहरु, ७ पटक विभिन्न उमेद्वारलाई भोटहाल्नु पर्ने, फरक दलका चुनाब चिन्ह तलमाथि हुने भएकोले जनताहरु अन्योलमा छन् । यसर्थ पनि गठबन्धन गरिएको स्थानमा भोटहरु बदरहुने सम्भावना रहन्छ । गठबन्धनको तुलनामा अन्य पार्टीलाई मतदान गर्न सहज हुनेछ । एमालेले ८ सूर्य ७ छाँपको नाराले गर्दा मतदातालाई भोटहल्न सहज हुने र वैशाख ३० गतेको चुनाबमा एमालेलाई आउने मतमा बदर संख्या कम हुने दाबी गर्नुहुन्छ वडा नं ४ का वडा अध्यक्षका प्रत्यासी उमेद्वार जीतन थापा ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन र राजनीतिक दलले आफ्नो मतको सुरक्षाको लागि ब्यापकरुपमा कार्यकर्ताहरु खटाउनु पर्ने देखिन्छ । न्यून मतान्तरमा हारजीत हुदाँ पराजित हुने उमेद्वारलाई त्यतिखेरमात्र मतदाता शिक्षाको महत्व बुझ्न सक्दछन् । राजनीतिक दलले निरक्षर र बदर मत आउने सक्ने क्षेत्रहरुको क्लष्टरिङर गरी कार्यकर्ता ब्यापक परिचान नगर्ने हो भने यसवर्ष स्वभाविक रुपमा बदरमत बढेर जानेछ । जुन निर्वाचित भन्दा पनि न्यूनमतमा पराजित हुने उमेद्वारलाई प्रत्यूत्पादक हुनेछ ।
स्थानीय तह २०७४ को मतगणना प्रकृयामा मोरङमा १२.३६ प्रतिशत मत बदर भएको थियो । जस्मा विराटनगरको २४ प्रतिशत, जहदा गाउँपालिकामा २० प्रतिशत, रतुवामाई र सुनवर्षिमा १५ प्रतिशत बदर भएका थिए । बदर मतको प्रृकति हेर्दा गठबन्धन भन्दा पनि आफ्नै पार्टीलाई मत हाल्नु पर्छ भन्नेको संख्या बढी देखिन्छ । साथै, मतदाता शिक्षा पनि कमजोर हुन पनि प्रमूख कारण रहेको निर्वाचन आयोगको प्रतिवेदनमा समेटिएको छ ।