विराटनगर ३० भदौ । मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा जारी चार दिने ‘कृषि एक्स्पो’ आईतबार सम्पन्न भएको छ । एक्स्पो एक लाख भन्दा वढी उपभोक्ता, सरोकारबालाहरु एवं विद्यार्थीहरुले अवलोकन गरेको आयोजक नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ ।
भदौ २७ देखि ३० गते सम्ममा कोशी, मधेश प्रदेशका कृषक, सर्वसाधारण, कृषिका विद्यार्थीहरु विभिन्न कलेजमा अध्ययन विद्यार्थीहरु र भारतको अररिया जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले किसानहरुको उत्पादन वृद्धि गर्नका लागि आधुनिक कृषियन्त्र, उपकरण र औजारहरु, उन्नत मल बिउ तथा खेतीको आधुनिक तरिका बारेमा जानकारीले एक्स्पो उपलव्धिमुलक भएको बताउनु भयो ।
प्रदेश सरकारले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने उहाँले बताउनुभयो । आयोजक नेपाल उद्योग बाणिज्य महासंघ काशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो आफ्नो उद्देश्यमा सफल भएको बताउँदै आगामी वर्षमा थप परिमार्जनसहित आयोजना गर्ने जानकारी दिनुभयो ।
कोशी प्रदेश, भारतको विहार र वङ्गालका १३० बटा स्टलमा नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षि, पर्यावरण– मैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल , नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती , कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको थियो ।
एक्स्पोमा कृषि उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन एक्स्पो सफल भएको आयोजकले जनाएको छ ।
कृषि एक्स्पोको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि अवलोकन गर्नु भएको थियो ।