संवैधानिक परिषदको कुनै परम्परा तोडिएको छैन : माओवादी केन्द्रका अध्यक्ष दाहाल

विराटनगर २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड)ले शुक्रबार बसेको संवैधानिक परिषदको वैठकले प्रधान न्यायाधीशको नियुक्त नगरेर कुनै परम्परा नतोडिएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधान न्यायाधिश वरिष्ठताको आधारमा नियुक्त गरिने तर सबै आठजना सर्वोच्चका न्यायाधिश उत्तिकै योग्य हुनु भएकोले सबैको व्यक्तिगत विवरण अध्ययनका लागि वैठक पर्सिका लागि सारिएको स्पष्ट पार्नुभयो । उहाँले संवैधानिक परिषदको दोस्रो वैठकमा संधानिक आयोगमा रिक्त रहका पूर्ति गर्ने सहमती भएको जानकारी दिनु भयो । उहाँले प्रतिनिधि सभाका उपसभामुख जनजाति, बालबालिका क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएको ख्याति प्राप्त महिला हुनुहुन्छ भन्दै उहाँलाई हटाउनु उचित हुदैन , हटाउने कुरामा सत्तापक्ष पछि हट्ने विश्वास जनाउनु भयो ।

पूर्वप्रधानमन्त्री दाहालले व्यवस्था र परिवर्तनका लागि माओवादी केन्द्रले ठूलो त्याग तपस्या र वलिदान दिएकोले पार्टीलाई सबै प्रदेशमा गएर संगठिन गर्ने कार्य भइरहेको बताउनु भयो । एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले भन्नु भयो ,‘प्रतिनिधि सभामा ‘हिंसा’ शव्द नसच्याउनसम्म संसद अवरुद्ध हुने छ ।’ उहाँले भन्नु भयो ,‘सच्चा राजनीतिज्ञहरु बाँचुन्जेल राजनीति गर्ने हुनाले यसमा एक्जिट भन्ने कुरा वैज्ञानिक होइन ।’