रतुवामाईमा एमालेको पल्ला भारी


रतुवामाई , २४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विभिन्न प्रचार सामग्रीले मोरङको रतुवामाई सजिसजाउ भएको छ । विभिन्न राजनीतिक दलका चुनाव चिन्ह र झण्डा जस्ता प्रचार सामग्रीले नगर क्षेत्रका बजार तथा चौकहरु सजिएका छन् । चौकका चिया पसलमा जम्मा हुने सर्वसाधारण विभिन्न दलका उम्मेद्वारका पक्ष विपक्षमा बहस र छलफल गरिरहेका भेटिन्छ ।
चिया पसलमा देखिने यस्ता बहस र छलफलमा अधिकाँसले यस पटक पुरानालाई फ्याकेर नयाँलाई ल्याउनुपर्ने तर्क गरिरहेका सुनिन्छ ।
आमबारी चौकका एउटा चियापसलमा भेटिएका सेवुलाल राजवंशी पनि यस पटक रतुवामाईमा नयाँ पार्टीलाई जिताउने सल्लाह गाउँघरमा भइरहेको बताउँछन् । विगतको चुनावमा नेपाली काँग्रेसले जितेर जनताको चित्त बुझाउने गरी काम गर्न नसकेकाले यस पटक एमालेलाई जिताउने पक्षमा जनमत देखिएको राजवंशीको भनाइ छ ।
मेयर÷उपमेयर सहितको घर दैलो कार्यक्रम सकेर मतदातासँगको आन्तरिक भेटघाटमा जुटेको एमाले आफ्नो पक्षमा आएको जनलहर देखेर उत्साहित भएको छ । एमलेले मेयर÷उपमेयर सहितको घरदैलो कार्यक्रम शनिबार वडा नं ८ बाट समापन गरेको छ । शनिबार आयोजित घरदैलो कार्यक्रममा उक्त वडामा एक हजार भन्दा बढी मानिसको सहभागिता रहेको सोही वाडका निवर्तमान वडाध्यक्ष गोपी चापागाईले बताए ।
विगतमा पार्टी भित्रका आफ्नै आन्तरिक कारणले पराजय भोग्नुपरेको एमाले यस पटक एकमना एकता साथ चुनावी प्रचारमा लागेको एमालेका अर्का स्थानीय कार्यकता बालकृष्ण ढकाल बताउँछन् ।
पार्टी भित्रको आन्तरिक एकता, टोल टोलमा पार्टी सङ्गठनको साङगठानिक नेटवर्क, विगतमा जितेको नेतृत्वले सर्वसाधारण्मा गरेको विभेद, योजनामा गरेको भ्रष्टचार र ढिलासुस्ती, मनलागि गरिएको बजेट विनियोजन, अनुगमन समितिको सिफारिस विनानै तोकआदेशका भरमा बजेट निकास गर्ने जस्ता विकृतका कारण अहिले एमालेका लागि चुनाव जित्ने बलियो आधार भएको चापागाई बताउँछन् ।
रतुवामाइ नगरपालिकामा आगमी वैशाख ३० गतेको निर्वाचनका लागि विभिन्न खाले गठबन्धन भएपनि मुख्य प्रतिस्पर्धा काँग्रेस– माओबादी गठबन्धन र एमाले बीच नै रहेको छ । उक्त निर्वाचनका लागि एमालेले स्थानीय क्षेत्रका प्रभावशाली युवा दुर्गा विष्टलाई मेयर र दमयन्त चुडाललाई उमयेरको उम्मेद्वार बनाएको छ । त्यस्तै काँग्रस–माओबादी गठबन्धनले काँग्रेसका नागेश्वर प्रसाद सिंह गनगाइलाई मेयर र माओबादीका सुमन कालेकोटेलाई उपमेयरको उम्मेद्वार बनाएको छ ।
उक्त नगरपालिकामा जनता समाजबादी र नेकपा एकीकृत समाजबादीको पनि छुट्टै गठबन्धन रहेको छ । यस गठबन्धनले एकीकृत समाजबादीका विश्वनाथ रायलाई मेयर र जसपाका खडग सुब्बा लिम्बुलाई उपमेयरको उम्मेद्वार बनाएको छ । पार्टीले आफूलाई टिकट नदिएको भन्दै एकीकृत समाजबादीका टङ्क ढकालले स्वतन्त्ररुपमा उपमेयरको पदमा उम्मेद्वारी दर्ता गरेका छन् । ढकाल एकीकृत समाजबादीको जिल्ला सदस्य पनि हुन् ।
काँग्रेस–माओबादी गठबन्धनका मेयर पदका उम्मेद्वार लामो समय सम्म शिक्षण पेशामा आवद्ध भई सेवा निवृत व्यक्ति हुन भने उपमेयर पदका उम्मेद्वार कालिकोटे विराटनगर तिर शैक्षिक संस्था चलाएर बस्नेत व्यक्ति हुन् । यी दुई पार्टी बीच एक आपसमा गठबन्धन भएपनि चुनावी प्रचार अभियानमा छुट्टाछुट्टै टोली बनाएर घरदैलो कार्यक्रम गरिरहेका छन् । दुबै समुहले आफ्नै उम्मेद्वारलाई मात्र भोट मागिरहेका छन् । यसरी गठबन्धन भित्रै एकमना एकता नदेखिएकाले पनि आम मतदाताको रोजाई एकता बद्ध एमाले नै देखिको महादेवाका स्थानीय राजकुमार यादबको भनाइ छ ।
उता एमालेका उम्मेद्वार दुर्गा विष्ट विगत लमो समय देखि स्थानीय क्षेत्रमा नै रहेर सामाजिक र राजनीतिक क्षेत्रमा क्रियासिल युवा भएकाले पनि रतुवामाईवासीको विश्वास र भरोसा विष्ट प्रति बढ्दै गएको स्थानीय बुद्धिजिवी भरत कार्की बताउँछन् ।