विराटनगर–४ को जनमत एमालेको पक्षमा

विराटनगर, २४ बैशाख । विराटनगर महानगरपालिका वडा नं ४ मा यसपटक एमालेको पक्षमा जनमत देखिएको छ । २०४६ साल पछि भएका स्थानीय तहका सबै निर्वाचनमा नेपाली काँग्रेसले जिते हासिल गरे पनि सन्तोषजनक काम नभएकाले यस पटक जसरी पनि काँग्रेसलाई हराउन पर्ने पक्षमा स्थानीय जनता देखिएको सोही वडा स्थित इकराईका रमेश यादब बताउँछन् ।
यता एमालेले भने विगत लामो समय देखि उक्त वडामा सामाजिक र राजनीतिक रुपमा क्रियासिल यूवा व्यक्तित्व जितन थापालाई उम्मेद्वर बनाएको छ । थापालाई उम्मेद्वार बनाएपछि हिजो नेपाली काँग्रेसको पक्षमा देखिएका व्यक्तिहरु पनि यस पटक थापालाई जिताउने भन्दै सक्रिय भएको स्थानीय व्यक्तिहरु बताउँछन् ।
विगतमा काँग्रेसले जितेर पनि काम गर्न नसक्नु, वडाको बजेट लगेर आफ्नो निजी जग्गा प्लटिङमा पीच गर्नु, जनताको काम भन्दा पनि केही निश्चित जग्गा व्यपारीहरुको सेण्डीकेट बनाएर काम गरेका कारणले यस पटक एमालेको पक्षमा परिणाम आउनेमा आफू आशाबादी भएको एमालेबाट वडाध्यक्ष पदको उम्मेद्वार बनेका जितन थापाको दाबी छ ।
त्यस बाहेक पार्टीका २२ टोल सङगठनहरु क्रियासिल हुनु,कोरोना भाइरसको महामारीको समयमा प्रत्येक पीडितको घरदैलोमा पुगेर आवश्यक सहयोग गर्नु, वडा भित्रका अधिकाँस घरपरिवारलाई व्यक्तिगत रुपमा चिन्नु जस्ता थुप्रै विषय आफ्नो जितको आधार भएको थापाको भनाइ छ । ‘२०६६ साल देखि म यस वाडमा निरन्तररुपा क्रियासिल छू, मैले कुनै भेदभाव नराखी सबैलाई समानरुपमा व्यवहार गरेको छु, मेरो चुनाव जित्ने आधार यही हो’ एमाले उम्मेद्वार थापाले भने ।
को हुन् जितन थापा ?
मोरङको इटहरामा २०३२ सालमा जन्मिएका जितन थापा १३ वर्षको कलिलो उमेरमै अनेरास्ववियु मार्फत राजनीति प्राम्भ गरेका हुन् । बामपन्थि गतिविधिको केन्द्र रुपमा रहेको इटहरामा उहाँको घरका दिदी, दाजु र आमाहरु पनि तत्कालिन मालेको गतिविधिमा सक्रिय थिए । बी एड सम्मको अध्ययन पुरा गरेका थापालाई घरायसी परिवेशले समेत कलिलै उमेरमा राजनीति तर्फ डो¥यायो । स्कुल पछि धरानको हात्तिसार क्याम्पसमा आइ एससी पढ्दा उनी सोही क्याम्पसमा अनेरास्ववियूको प्राक सदस्य र २०५१ सालमा भएको स्ववियू निर्वाचनमा सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य सम्मको जिम्मेवारी पुरा गरेका छन् ।
केही समय स्वास्थ्य क्षेत्रमा काम गरेका थापा पछि जागिर छोडेर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिए पुगे । कोरियामा पनि नेपाल कोरिया समाजमा आवद्ध भएर काम गरेको अनुभव उनीसँग छ । वैदेशिक रोजगारीबाट फर्किएपछि थापा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भए । यस अवधिमा उनले लाइन्स कञ्चनबारीको अध्यक्ष, लिबर्टी नेपालको सदस्य, राष्ट्र सेवक सहकारीको सदस्य, शिवालय बचत तथा ऋण सहकारीको सस्थापक सदस्य लगायत दर्जनौ सङ्घ सस्थाको जिम्मेवारी पुरा गरेका छन् ।
त्यस्तै पार्टी राजनीति तर्फ नेकपा एमाले विराटनगर महानगर कमिटी वडा नं ५ को सचिव, उपाध्यक्ष हुँदै हाल अध्यक्षको जिम्मेवारीमा छन् । व्यवसाय तर्फ पनि क्रियासिल थापा पाथीभारा हाउजिङको अध्यक्ष, सीताराराम फारमेसीको सञ्चालक समते हुन् ।