हसन्दहमा एमालेको जनलहर


पथरीशनिश्चरे ( हसन्दह) २३ बैशाख । नेपाली काँग्रेसले आफ्नो गढ ठान्दै आएको मोरङको पथरीशनिश्चरे –५ हसन्दहमा यस पटक नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ । एमाले उम्मेद्वारहरुको घरदैलो कार्यक्रममा देखिएको व्यापक जनसमर्थन र उत्साहपूर्ण सहभागिताले यस पपटक उक्त वडामा एमालेको जित निश्चि जस्तै देखिको सोही वडा स्थित भेटघाट चौकका गोपाल पोखरेल बताउँछन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा चारसय भन्दा बढी मतान्तरले नेपाली काँग्रेसले जितेको थियो । तर काँग्रेस बाट विजयी बनेका जनप्रतिनिधिहरुले पाँच वर्षको अवधिमा देखिने गरी कुनै काम गर्न नसक्नु, नगरपालिकाबाट भागबण्डामा पर्ने योजना बाहेक वडाको विकासका लागि थप कार्यक्रम ल्याउन नसक्नु, ठूला योजनाका लागि सङ्घीय र प्रदेश सरकारसँगै लविङ गर्न नसक्नु, कार्यन्वयन नै हुन नसक्ने योजनाहरु हचुवाकै भरमा बनाउनु , धिमाल समुदायकै वडाध्यक्ष हुँदा पनि उक्त समुदायका लागि उल्लेखनीय काम गर्न नसक्दा धिमाल मतादाता निराश हुनु , अधिकाँस विकासका योजनाहरु उपभोक्ता समिति मार्फ सम्पन्न गर्ने नाममा आफ्नै निकट कार्यकर्ता मात्र पोस्ने काम गर्नु, काँग्रेस भित्रैबाट बाघी विद्रोही हुनुु जस्ता कारणले यस पटकको निर्वाचनमा उक्त वडामा एमालेको पक्षमा जनलहर देखिएको पोखरेलको भनाइ छ ।
विगतको तुलनामा यस पटक एमाल बलियो हुनुमा पार्टीको मजबुत साङ्गठानिक आधार र विगतमा माओबादीमा रहेका अधिकाँस कार्यकर्ता र मतदाताहरु एमालेमा प्रवेश हुनु पनि महत्वपूण कारण रहेको सोही वडा स्थित त्रिवेणी चौकका गोपाख खत्री बताउँछन् ।
काँग्रेस भित्र बागी विद्रोह भइरहेकै बेला एमालले भने उक्त वडामा आक्रमक चुनावी प्रचार अभियान चलाएको छ । एमालेको आक्रमक चुनावी प्रचार अभियानले अन्य पार्टी पार्टीहरु फिक्का देखिएका छन् ।
वडाका सबै टोलमा मेयर÷उपमेयर सहित वडाका उम्मेद्वारहरुको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उम्मेद्वार सहितको घर दैलो अभियान पछि अब मतादाता शिक्षा र टोल भेटघाट कार्यक्रम सुरु गर्ने योजना रहेको एमाले वडाकमिटीका अध्यक्ष तथा एमालेका वडा सदस्यका उम्मेद्वार विनयराज तिमसिना बताउँछन् ।
उता काँग्रेस भित्र भने बागि विद्रोहीका कारण काँग्रेसको आधिकारिक समुहको प्रचार प्रसार सुस्त देखिएको छ भने विद्रोही काँग्रेसलाई मतदताहरुले पत्याइहाल्ने अवस्था नरहेको स्थानीय मतादाताहरु बताउँछन् ।
नेपाली काँग्रेसका दुई सय भन्दा बढी क्रियासिल सदस्य र नेपाली काँग्रेस पथरीशनिश्चरे नगरकमिटीका पूर्व सभापति इश्वर थापा, निवर्तमान वडाध्यक्ष जोग बहादुर धिमाल सहितो ठूलो समुह बागी उम्मेद्वार महेश थापाको पक्षमा देखिएको छ । स्थानीय माओबादी सहितको गठबन्धनमा काँग्रेसको बागी समुहले उम्मेद्वारी दर्ता गरेका कारण पनि उक्त वडामा बागी समुह निकै प्रभावशाली देखिएको हो ।
बाहिरी प्रचार प्रसारमा बागी समुहको प्रभाव निकै देखिएपनि काँग्रेसका भित्री मतदाताहरु आधिकारिक काँग्रेसकै पक्षमा रहेकाले आफ्नो प्रतिस्पर्धा काँग्रेसको आधिकारिक समुहसँगै रहेको एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार समेत रहेका एमाले पथरीशनिश्चरे नगर कमिटीका उपाध्यक्ष उमानाथ अधिकारी बताउँछन् ।
राप्रपाको उम्मेद्वारीले पनि उक्त वडामा काँग्रेसलाई नै क्षति पु¥याउने देखिएको छ । काँग्रेसकै परिवारबाट राप्रपबाट मोहन कुमार तिमसिनाले उम्मेद्वारी गरेका कारण काँग्रेसको केही भोट राप्रपाले पनि काट्ने अवस्था रहेको छ । एमालेको तुलनामा केही बलियो देखिएको काँग्रेस यस पटक आफ्नै बाघी र राप्रपाको चेपुवामा पर्दा नराम्ररी चेपिने अवस्था रहेको छ ।
साविक हसन्दहको वडा नं १, २, ३, ५ र ९ नं वडा मिलेर हालको पथरीशनिश्चरे नगरपालिकाको वडा नै ५ बनेको हो । आगमी बैशाख ३० हुने निर्वाचनका लागि उक्त वडाको वडाध्यक्ष पदमा नेकपा एमालेबाट उमानाथ अधिकारी, नेपाली काँग्रेसबाट चेतेन्द्र खडका, माओबादी सहित काँग्रेसका बाघी समुहबाट महेश थापाले उम्मेद्वारी दर्ता गरेका छन् ।