सुनसरीको दुहवीमा एमाले र कांग्रेसका कार्यकर्तावीच झडप

विराटनगर, २३ वैशाख । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –९ छाताबेलिमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।

आज बिहान करिब १० बजे छाताबेलि गाउँमा डिजे बजाएको निहुमा एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । दुहबी ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदबार मेहदि हुसेनको घर वरिपरि डिजे बजाई जिस्काउने घोच्याउने गरेको भन्दै हुसेन पक्षका कारयर्ताहरुले सम्झाउन खोज्दा बिवाद भएको हुसेन पक्षको आरोप । उता सोही वडाका नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उमेदवार ताबिज हुसेन (मुस्तकिम) भन्छन आफुहरुले घर दैलो कार्यक्रम गरिरहेका बेला अचानक हुसेन पक्षका कारयकर्ताले आक्रमण गरि डिजे बजिरहेको गाडी तोडफोड गरेको र आफ्नो कार्यकर्ता लाई हातपात समेत गरेको आरोप लगाए ।

सोही बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेब माझी संग बुझ्दा सामान्य झडप तथा वाद बिवाद भएको र डिजे गाडी माथी तोडफोड गर्नेको खोजतलास भईरहेको बताउदै घटनाको थप अनुसंधान जारी रहेको बताउनु भयो । घटना स्थलमा अहिले अप्रिय घटना नहुन दिन बाक्लो उपस्थितीमा सुरक्षा कर्मि परिचालन गरेको देखिन्छ ।

सोही वडामा राजनीतिक दल तथा उमेदवार हरुले केही दिन एता देखि आचारसंहिता बिपरित डिजे बजाई , नाचगान गरि सयौको संख्यामा मोटरसाइकल,सिटि सफारी,प्रयोग गरी तडक भडकको साथ प्रचार प्रसार गरिरहेको स्थानीय बताउछन ।