विराटनगरमा सञ्चालनमा आयो ‘ड्रेस रुम’

विराटनगर, भदौ ८ । नयाँ फेसन र डिजाइनका कपडा रुचाउने महिला तथा युवतीहरूलाई लक्षित गरी विराटनगर १० स्थित कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा आएको   छ ।

नेपालमा चल्तीमा आएका फेसनका पहिरनहरू सुपथ मुल्यमा विराटनगरका ग्राहाकहरूलाई उपलब्ध गराउने उद्देश्यले शनिबार विराटनगर– १० कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा ल्याइएको हो ।

ड्रेस रुमकी सञ्चालिका रेजीना शाहीले विशेष गरी महिला तथा युवतीहरूका लागि सस्तोमा राम्रो गुणस्तरका कपडा उपलब्ध गराउने उद्देश्यले विराटनगरमा ड्रेस रुम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले राम्रा र नयाँ ट्रेण्डमा आएका कपडा सुपथ मुल्यमा उपलब्ध हुने भएकाले विराटनगरका नयाँ फेसन रुचाउनेहरूका लागि ड्रेस रुम उपयुक्त गन्तव्य हुने विश्वास व्यक्त गर्नुभयो ।

सामान्य उमेर र तौल समूह देखि धेरै तौल भएका महिला तथा युवतीहरूका लागि पनि रेडीमेट कपडा उपलब्ध हुने शाहीले जानकारी दिनुभयो ।
१५ लाख रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको ड्रेस रुमले ग्राहाकको रुचि र माग अनुसारका रेडीमेड कपडाहरू उपलब्ध गराउने शाहीले बताउनुभयो ।