विराटनगर १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडेड) भएको बोर्डले जनाएको छ । नतिजा अनुशार सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा ननग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभषे ।
अंग्रेजीमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख २ हजार २ सय ६ जना विद्यार्थी ननग्रेडेड भए । सामाजिकमा ५१ हजार, एकाउन्टमा ४७ हजार विद्यार्थी नन्ग्रेडिङमा परेको बोर्डले जनाएको छ । गत असारमा सार्वजनिक एसईईको नतिजामा धेरै विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा अनुत्तीर्ण भएका थिए । कक्षा–१२ मा दुई बिषयसम्म ननग्रेडिङ नतिजा ल्याउने विद्यार्थीको पुरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गर्ने बोर्डले जनाएको छ ।
विद्यार्थीले १ सय ८ विषयमा परीक्षा दिएका थिए । ५२.१५ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्दै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका छन् । १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका छन् । दुई बिषयसम्म ननग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको छ ।
गत वैशाख १४ गतेदेखि शुरु भएको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए ।