विराटनगर ८ साउन । राष्ट्रिय जनगणना २०७८ अनुशार कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । सो जनसंख्यालाई सुरक्षा दिने प्रहरीको संख्या प्रदेशभर १० हजार ३२ छ ।
प्रदेशको दरबन्दी १० हजार ७१७ हो । दरबन्दी अनुसार ६८५ जनशक्ति अभाव रहेको कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजी चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०–०८१ को बार्षिक प्रगति सार्वजनिक कार्यक्रममा डिआईजी खापुङले एक प्रहरी बराबर ४६३ जनता रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ प्रहरी र जनताको अनुपात १ : ४६३ छ ।’
कोशी प्रदेशको क्षेत्रफल २५ हजार ९०२ वर्गकिलोमिटर रहेको छ । प्रहरी र क्षेत्रफलको अनुपात १ :२ दशलमव ४२ रहेको छ । कोशी प्रदेशमा ११ लाख ९१ हजार ५५६ घरधुरी (परिवार) छ । प्रहरी र घरधुरीको अनुपात १ :१११ रहेको डिआईजी खापुङले बताउनुभयो ।
३१२ लाई कारवाही
कोशी प्रदेश प्रहरी कार्यालयले एक वर्षमा आचरण विपरित कार्य गर्ने ३१२ जना प्रहरीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा एक डिएसपी, २ इन्स्पेक्ट सहित ३१२ रहेको डिआईजी खापुङले जानकारी दिनुभयो । एक वर्षको अवधिमा २ हजार १९३ जना पुरस्कृत भएका छन् ।
११६ को हत्या, १५५४ द्धारा आत्महत्या
कोशी प्रदेशमा एक वर्षको अवधिमा ११६ जनाको हत्या भएको छ । आर्थिक वर्ष २०७९–८० मा यो संख्या ८२ थियो । २०७८–०७९ मा प्रदेशभर १३४ जनाको हत्या भएको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश प्रहरीका अनुशार आर्थिक वर्ष २०८०–०८१ मा सामाजिक अपराध अन्र्तगत १५७४ मुद्धा दर्ता भएको छ ।
एक वर्षको अवधिमा १ हजार ५५४ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा आत्महत्याको घटना बर्षेनी बढ्दै गएको छ । २०७८–०७९ मा १ हजार ४८२ जनाले आत्महत्या गरेका थिए । २०७९–०८० मा १ हजार ५४८ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरीका अनुसार एक वर्षको अवधिमा लागु औषधका १ हजार ३९, बैंकिङ कसुरका १ हजार ४, चोरी, डाका ७५३, जवरजस्ती करणी ५१७ र ठगीका २८५ मुद्धा दर्ता भएको छ ।