विराटनगर ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ । उहाँ नेपालको ४५ औं प्रधानमन्त्री हुनुहुन्छ । ओली कम्युनिष्ट पार्टीबाट सवैभन्दा बढी चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।
उहाँलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओली को हुन ?
जन्म : विसं २००८ फागुन ११ गते, तेह्रथुम
बुवा : मोहनप्रसाद ओली
आमा : मधुमाया ओली
२०२० : झापामा बसाइँसराइ
२०२३ : माक्र्सवादी अध्ययन दलमा सङ्गठित
२०२५: पूर्णकालीन राजनीतिक कार्यकर्ताको जिम्मेवारीमा राजनीतिक अभियानमा संलग्न
२०२६ माघ : नेपाल कम्युनिस्ट पार्टीको सदस्यता
प्राप्त । पहिलो पटक झापाबाटै गिरफ्तार ।
त्यसपछि २०३० सम्ममा १० पटक गिरफ्तारी र
रिहाइ ।
२०२७ जेठ ९ गते : पूर्णकालीन नेताका रूपमा
आन्दोलन परिचालनका लागि भूमिगत राजनीतिक जीवन प्रारम्भ
२०२८ : झापा आन्दोलन सङ्गठन कमिटीको
प्रमुखमा मनोनीत ।
२०३० असोज २३ गते : पञ्चायती सत्ताबाट
राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न
रहेको जस्ता विभिन्न आरोपमा गिरफ्तार, चार
वर्ष गोलघरसहित १४ वर्ष जेल सजाय ।
२०३५ पुस ११ गते : जेलमा रहँदै गठित नेपाल
कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) को
संस्थापक नेता ।
२०४४ असार ११ गते : जेलबाट रिहा, पुस २
गते बसेको नेकपा (माले) को केन्द्रीय कमिटी
बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन । लुम्बिनी
अञ्चलको इन्चार्जको जिम्मेवारी ।
२०४७ जेठ १ गते : पार्टीको युवा संस्था
प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको
संस्थापक अध्यक्ष ।
२०४७ पुस २२ : नेकपा (माले) र नेकपा
(माक्र्सवादी) बिच एकीकरण, नेकपा (एमाले)
को संस्थापक केन्द्रीय सदस्य ।
२०४८ : बहुदलीय व्यवस्था स्थापनापछिको
पहिलो आमनिर्वाचनमा झापा क्षेत्र नं. ६ बाट
प्रतिनिधि सभाको सदस्यमा निर्वाचित ।
२०४९ : केन्द्रीय विदेश विभागको प्रमुखको जिम्मेवारी ।
२०५० : केन्द्रीय प्रचार विभागको प्रमुखको
जिम्मेवारीसहित एमाले पोलिटब्युरो सदस्य
निर्वाचित
२०५१ : मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं. २
बाट प्रतिनिधि सभामा निर्वाचित ।
२०५१–२०५२ : मङ्सिर १४ गते कम्युनिस्ट
पार्टीको पहिलो प्रधानमन्त्री मनमो हन
अधिकारीको नेतृत्वमा लोकप्रिय सरकारको
गृहमन्त्री ।
२०५१ : एमाले संसदीय विभागको प्रमुख ।
२०५४ : एमालेको छैटौँ राष्ट्रिय महाधिवेशनमा
प्रस्तुत कार्यनीतिक प्रस्ताव अत्यधिक मतद्वारा
पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश
विभाग प्रमुखको जिम्मेवारी प्रदान ।
२०५६ : झापा क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा
सदस्यमा निर्वाचित ।
२०५६–२०५९ : प्रमुख प्रतिपक्षी दल एमालेको
संसदीय दलको उपनेता ।
२०५७ देखि अहिलेसम्म : आफ्रो–एसियन पिपुल्स
सो लिडारिटी अर्गनाइजे सन (एएपिएसओ )
नेपालका अध्यक्ष
२०५९ माघ : एमाले को सातौं राष्ट्रिय
महाधिवे शनमा पार्टीको आन्तरि क
लोकतन्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने
प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मका
लागि स्थगित । स्थायी समिति सदस्य तथा विदेश
विभाग प्रमुखमा पुनः निर्वाचित ।
२०६३ वैशाख–चैत : प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालाको नेतृत्वमा पुनस्र्थापित संसद्बाट
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त ।
२०६४ : पहिलो संविधान सभाको निर्वाचनमा
पराजित ।
२०६५–६६ : एमालेको केन्द्रीय पार्टी स्कुल
विभाग प्रमुख ।
२०६५ : फागुनमा सम्पन्न आठौँ राष्ट्रिय
महाधिवेशनमा आन्तरिक लोकतन्त्रीकरण र
बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत ।
अध्यक्ष पदको प्रत्याशी । तत्कालीन अध्यक्ष
झलनाथ खनालद्वारा पराजित, विदेश विभागको
प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा
निर्वाचित ।
२०७० मङ्सिर : झापा क्षेत्र नं. ७ बाट संविधान
सभा सदस्यमा निर्वाचित ।
२०७० माघ २१ गते : तत्कालीन पार्टी अध्यक्षलाई
पराजित गर्दै संविधान सभा तथा व्यवस्थापिका
संसद्को दलका नेतामा निर्वाचित ।
२०७१ साउन १ गते : नवौँ राष्ट्रिय महाधिवेशनबाट
तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई
पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।
२०७२ असोज २४ गते : व्यवस्थापिक संसद्बाट
प्रधानमन्त्री पदमा निर्वाचित ।
२०७३ साउन ९ गते : व्यवस्थापिका संसद्मा
सम्बोधनपछि प्रधानमन्त्री पदबाट राजीनामा ।
२०७३ साउन २० गते : प्रधानमन्त्री पुष्पकमल
दाहाल ‘प्रचण्ड’ लाई सत्ता हस्तान्तरण ।
२०७४ : मङ्सिरमा सम्पन्न निर्वाचनमा झापा
क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित ।
एमाले संसदीय दलको नेता चयन ।
२०७४ फागुन ३ गते : तत्कालीन राष्ट्रपति
विद्यादेवी भण्डारीबाट ४१ औँ प्रधानमन्त्रीको
शपथग्रहण ।
२०७८ मङ्सिर १० मा सुरु भई १४ गते सम्पन्न
दसौं राष्ट्रिय महाधिवे शनबाट अध्यक्षमा
निर्वाचित ।
२०७९ मङ्सिर ८ गते : झापा क्षेत्र नं. ५ बाट
प्रतिनिधि सभा सदस्यमा निर्वाचित । एमाले
संसदीय दलको नेता चयन ।
२०८१ असार ३० गते : प्रधानमन्त्री नियुक्त ।