त्रिशूली नदीमा दुईवटा बस खस्दा ५ दर्जन बढी यात्रु बेपत्ता

विराटनगर २८ असार । नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत त्रिशूली नदीमा दुईवटा बस खसेको आशंका गरिएको छ । बसमा चालकसहित करिब ६५ यात्रु सवार रहेको अनुमान छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ ।