कोशी प्रदेश : ६ वर्षमा चार हजार छ सय १४ किलोमिटर सडक निर्माण

विराटनगर १७ असार । सुकुलबाट स्थापना भएको कोशी प्रदेश सरकारले विकासको गतिलाई निरन्तर रुपमा अघि बढाउँदै लगेको छ । सङ्घीयता स्थापना भएको थोरै समयमा १४ जिल्लाका सदरमुकामसँग सडक सञ्जाल निर्माण गर्न सफल भएको प्रदेश सरकारप्रति जनताको आशाभरोसा तथा विश्वास बढ्न थालेको छ ।

जनताको अटुट विश्वास र भरोसालाई तोड्न नदिन प्रदेश सरकारले जनतालाई महसुस हुने गरी सडक, पुल लगायतका विकास निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतमसान्तको अवधिमा चार हजार ६६४ किलोमिटर सडक मर्मत, ग्राभेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गर्ने कार्य सम्पत्र भएको मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर आयुष जोशीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार आव २०७५/७६ मा सडक मर्मततर्फ ६०१, आव २०७६/७७ मा ६१ दशमलव ५४, आव २०७७/७८ मा ५१ दशमलव १३, आव २०७८/७९ मा १०६ दशमलव १६ र आव २०७९/८० मा २०४ दशमलव ११ र आव २०८०/८१ को चैतमसान्तसम्म १६ दशमलव तीन गरी एक हजार ४० दशमलव २४ किलोमिटर सम्पत्र भएको छ । यस्तै ग्रावेल सडकतर्फ आव २०७५/७६ मा १२८ दशमलव नौ, आव २०७६/७७ मा २११ दशमलव ३५, आव २०७७/७८ मा १७५ दशमलव ३१, आव २०७८/७९ मा ३८० दशमलव १९ र आव २०७९/८० मा २५९ दशमलव ३९, आव २०८०/८१ को चैत मसान्तसम्म १०२ दशमलव ३६ गरी एक हजार २५७ दशमलव ५ किलोमिटर निर्माण गरिएको छ ।

कच्ची सडकतर्फ आव २०७५/७६ मा १८१ दशमलव तीन, आव २०७६/७७ मा ४७७ दशमलव ८२, आव २०७७/७८ मा १०९ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा १४१ दशमलव ५५ , आव २०८०/८१ को चैत मसान्तसम्म १०१ दशमलव ४६ गरी जम्मा एक हजार १०२ दशमलव ३८ किलोमिटर निर्माण गरिएको छ ।
सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६/७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४० दशमलव ६१, आव २०७८/७९ मा ९८ दशमलव ७२, र आव २०७९/८० मा २०६ दशमलव ४८ , आव २०८०/८१ को चैतमसान्तसम्म १०३ दशमलव ७१ गरी ५२७ दशमलव ९२ किलोमिटर निर्माण सम्पत्र गरिएको छ । सोही अवधिमा ढलान सडकतर्फ १७ दशमलव २८ , सोलिङ्ग सडकतर्फ ४७ दशमलव ८४ किलोमिटर कार्य सम्पत्र गरी ३७२ दशमलव ९३ किलोमिटर सडकको ट्रयाक खुला गरिएको अधिकारी जोशीले जानकारी दिनुभयो ।

मन्त्रालयले आव २०७५/७६ मा मोटरेवल पुल १०, आव २०७६/७७ मा १२, आव २०७७/७८ मा आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा १९, आव २०८०/८१ मा छ गरी जम्मा ८० बटा निर्माण कार्य सम्पत्रसँगै १८४ बटा झोलुङ्गले पुल र बहुबर्षीय सडक अन्तर्गत २२ बटा निर्माण सम्पत्र भएको छ । प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका र संखुवासभाको भेटखोला गाउँपालिका बाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच पुगेको छ ।

मन्त्रालयले हालसम्म ३३ वटा सरकारी भवन निर्माण, १०५ वटा सामुदायिक भवन निर्माण, ११ वटा भ्यू टावर, १८ वडा वस पार्क निर्माण, ४६ वटा पार्क निर्माण र ५४ वटा एकीकृत वस्तीे विकासको कामसँग कोशी प्रदेश सभा हल पनि निर्माण गर्न सफल भएको छ ।जनता आवास कार्यक्रमवाट आर्थिक रुपले विपत्र तथा लोमोन्मुख समुदायका पाँच हजार ९१० परिवारको आवास निर्माण सम्पत्र भएको छ । मन्त्रालयले प्रदेशतर्फबाट बहुवर्षीय सडकपुलको निर्माण कार्यका लागि आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को चैतमसान्तसम्मा दुधकोशी नदी पुल चुहार उदयपुर र भोजपुर सीमा, तामोर नदी पुल, तेह्रथुम र पाँचथरको प्रगति अवस्थामा क्रमशः १२ र २२ दशमलव ६२ प्रतिशत प्रगति भएको छ ।

सोलुखुम्वु जिल्लामा दुधकोशी नदी पुल, वातिम जुजवादेको सोही अवधिमा प्रगति ४५ प्रतिशत प्रगति भएको छ भने ताप्लेजुङ्गको तमोर नदी पुल लिग्खिम खिजेनिम सम्पत्र भएको छ।
सुनसरीमा देवीगाउँ सिरान लेदुवा मोटरपुल धरान–५ को प्रगति ६० प्रतिशत रहेको छ भने सुनसरीको दत्तकिच्चा खोला पुल रामधुन–९को प्रगति ९५ प्रतिशतले भएको मन्त्रालयले जनाएको छ।
सुनसरीको हरिनगरा गाउँपालिका १ मा पर्ने गौतमपुर जाने बाटोमा महिमा खोला पुलको ९० प्रतिशत र मोरङको विराटनरस्थित परोपकारघाटस्थित सिंघिया खोलामा निर्माण गरिएको पक्की पुलको ५१ प्रतिशत प्रगति भएको छ ।

सिंघिया खोला देखि मोरङको विराट चोकसम्म जाने जीर्णबाटोलाई गौरवको योजनामा राखि चार लेनको बाटो लगभग पूरा हुने अवस्थामा छ । प्रदेश सरकारको यो पहिलो गौरबको योजना हो ।
मोरङ खदम खोलाको पुल ३९ प्रतिशत र मोरङको सुन्दर हरैँचामा मदा खोलाको पक्कि पुलको ४८ प्रतिशत प्रगति भएको छ ।

तेह्रमथुम जिल्लाको पीङ्गगुवा खोलामा निर्माणाधीन माटेरेवल पुल ४० प्रतिशत,संखुवासभाको रातमाटे फेदी पिलुवा खोला सडक पुलको २० प्रतिशत, सोही जिल्लाको तुम्लिङटार एयरपोर्ट– होक्से पाँचखपन जोड्ने सभाखोलामा सडक पुलको ७५ प्रतिशत, सोही जिल्लाको भोटे खोला सडक पुल सभापोखर–को ८० प्रतिशत प्रगति भएको छ ।

भोजपुरको याकुवाखेलाको मोटरेवल पुल ९५ प्रतिशत,सोही जिल्लाको तामुटार मोटरेवल पुल ६५ प्रतिशत,सोही जिल्लाको एखुवाखोला सडक पुलको ५० प्रतिशत,भोजपुरको षडानन्द नगरपालिका –९ श्यामखोला पक्की पुलको ८० प्रतिशत,चिर्खुवा खोला भोजपुरको छिन्ताङ षडानन्द नपा ५ र १ जोड्ने सडक पुलको ३० प्रतिशत, टयाम्के मैयु कोट गोगने लेखर्क साउटे खोला सडक पुल भोजपुरको ८०, लेगुवा खोला धनकुटाको मोटरेवल पुल ८० प्रतिशत प्रगति भएको छ ।

उदयपुर जिल्ला मदनभण्डारी राजमार्गदेखि तोरीबारी जोड्ने त्रियुगा खेलाको सडकपुल ७५ प्रतिशत र खोटाङको कात्तिके रतन्छा मखुवा खोला पक्की पुल ८० प्रतिशत प्रगति भएको छ ।
ओखलढुङ्गगा अन्तर्गतको पिखु खोला पुल ७५ प्रतिशत,पोकली खोला सडक पुल ४० प्रतिशत,पुत्तिम खोला पुल ५६ प्रतिशत, सिस्ने खा्ला मोटरेवल पुल ५० प्रतिशत , सोलखुम्वु जिल्लाको खहरेखोला सडकपुल ६४ प्रतिशत प्रगति भएको मन्त्रालयले उपलव्ध गराएको तथ्याङकमा उल्लेख गरिएको छ । मन्त्रालयले बहुबर्षीय सडकहरु अन्तर्गत विभित्र जिल्लामा निर्माण कार्य शुरु गरेको छ ।

बहुवर्षिय सडक अन्तर्गत मोरङमा केशलिया करिडोर( दुहवी– विराटनगर,– रानी ,सोलुखुम्वुमा फाप्लु रिङमु– तान्सिन्दु–नुनथाला हुँदै खुम्वु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक कालोपत्र समेत,सुनसरीको राधाकृष्ण मन्दिर– बुद्धदेव मण्डल–सिद्धार्थ प्रावि –रामधुनी सडकको कालोपत्रे, पाँचथरमा फिदिम फलोट सडक कालोपत्र समेत,भोजपुरमा दुधकोशी गोरेटो सडकको कालोपत्रे ओखलढुङ्गामा रामपुर–भूसीडगा सडकको कालोपत्रे सडकहरु निर्माण शुरु गरिएको छ ।

झापा जिल्ला अन्तर्गत भद्रपुर,फडानिपुल–इट्टाभट्टा, बौध मोड– सलकपुर – इलाम सडक,अमरपथ सडक कन्काई नं ३ सुरुगां देखि भारतीय सीमा सम्म , गौरादह स्कूल– चौन– गौरिया सडक रहेका छन्
अन्य सडकहरुमा इलाममा फिक्कल जोगमाई ,रक्से ग्रागे भन्ज्याङ– जीतपुर–बेलासे –सोत्तिम सडक,देउराली फलाटे –राँके गैडे सडक प्याकेज एक,र प्याकेज २ ,इलाम बजार– सन्दुपुर पर्यटकीय सडक प्याकेज–१ रहेका छन् ।

झापा जिल्ला अन्तर्गत मेची राजमार्ग–बाहुनडाँगी– उत्तर सितागढी– बालुवाडी हल्दीवारी विर्तामोड सडक,सहिद मेम मगर मार्ग हल्दीवारी,भद्रपुर ज्यामिरगढी धुलावारी –गुज्रा वस्ती मागुर्माडी शान्तिनगर हुँदै इरौटार( धुलावारी इरौटार खण्ड),कन्काई नगरपालिका –८ लक्ष्मीपुर चोकवाट घाघ्रा खोला सीमाना गोकुल मार्ग– हुलाकी मार्ग लक्डीगढी हुँदै सितल चोक विरिङ पुलसम्मको सडक,शनिश्चरे– खुदुनावारी सडकका लागि बजेट विनियोजन भएको छ ।

झापा जिल्ला अन्तर्गतका अन्य सडकहरुमा धरमपुर–९ राना मिल इन्द्रेणी चोक कुन्जवारी सडक, शहीद राम मार्ग( हर्कलाल मार्ग) , मोरङ जिल्लामा घिनाघाट( पुष्पलाल चोक) विराट चोकसम्म,ववियाविर्ता–रंजनी–काजिमानचोक–फर्सदंगी– दोभानघाट–गान्धी आश्रम– दोवरिया थान–सुनवर्सी सडक, राम लक्ष्मण मार्ग विराट नगर–१८ जहदा वोर्डरसम्म, कटहरी गााउँपालिका –५ रिङरोड पश्चिम– खोरिया– महेशपुर, कृषि बजारसम्म, पथरी जाने–ज्यामिरे सडक, विराटनगर ५,६,११,१२ हुदै जोगबनी वोर्डर जोडने सडकका लागि पनि सरकारले बजेटको व्यवस्था गरेको छ ।
मोरङका अन्य सडकहरुमा मोतिपुर– शुक्रवारे हटिया– गिदनिया खोलासम्म , वुढीगंगा –१ पुष्पलाल चोक– नवज्योति मार्ग खद्रा टोल पूर्व नगर – मनमोहन पोलिटेक्नीकसम्म , डम्रभिट्टा–उल्लुभुुू– सुवेदी चोक– कटनु– झुनावारी सडक, किसान चोक –टाँडी–आइतवारे– रवि सडक, मोरङका अन्य सडकहरुमा दर्वेशा देखि धनपाल–५ फुटानी चोक–गढीभट्टासम्म मोटरवाटो (धनपाल गाउँपालिका ५ र ६, जीपी मार्ग(झपरतल्ला, वरडंगा वोर्डरदेखि हुलाकी मार्गसम्म), भाउन्ने –आमतोला सडक, लेटाङ–६ नं बुधवारे सडक निर्माण गर्न बजेटको व्यवस्था भएको छ ।

आमनागरिकलाई प्रदेश सरकारको अनुभूति दिलाउन सरकारले सुनसरी जिल्लामा शिवचोक– भारतीय सीमा वीरपुर सडक निर्माण कोशी गाउँपालिका वडा नं ४, इटहरी–५ मितेरीपुलदेखि मदनमार्ग , धरान १५ निरज वस्ति हुदै हर्दिया पेलपुर डाँडे कन्यापोखरी सडक, धरान –१,५ र ४, इनरुवा नगरपालिका ५ र ६ हुँदै रामधुनी नगरपालिका १ सैनि मैत्री सडकका लागि पनि बजेट विनियोजन भएको   छ ।
सुनसरीमा निर्माणका लागि बजेट छुट्याएका अन्य सडकहरुमा इटहरी उपमहानगरपालिका –१४ ढोकापुल, शुक्रबारे हाट हुँदै गढी गाउँपालिका –१ धनपुरी, दुहवी इनरुवा सडक, महेन्द्रनगर वाँगेवाट हल्दिया कालाबन्जर तिनकुने भलुवा चौरी हुँदै धरान जाने सडक, बर्जु–४ छरहदीदेखि – ५ हुँदै ६ इलाका प्रहरी कार्यालय गढी गाउँपालिका इटहरी,देवानगंज देवनारायण मेहताको घर हुँदै ७ नं इट्टा भट्टा, बसन्तपुर नहरदेखि भुटाहा बजार सडकका लागि सरकारले प्राथमिकता राखेर बजेट विनियोजन गरेको छ ।

भोजपुर जिल्लामा भोजपुर टक्सार – भानेभन्जाङ्ग, वैकुटे– वासिखोरा –वलंखा–रानीटारी सडक प्याकज १, सोहीको प्याकेज २, षडानन्द –१२ युर्के पुल झ्यौपोखरी–सान्गपाँग– फदिदोबाटो सडक,भोजपुर– दिंगला सडक (भोजपुर तीनतले खण्ड),भोजपुर दिंगला सडक( तेलतले दिंगला खण्ड) एवं धनकुटा जिल्लामा गुटीटार – बाघखोर– छिदी सडक कालोपत्र, धनकुटा नगरपालिका( बिहिवारे हटियाा – कर्मिटार – बन्चरे– तान्खुवा– तेलिया– परेवादिन– शुके्रवारे तेह्रथुम सडक,हिले उत्तरपानी छिन्तांग– अखुवा– त्रिवेणी सडकका लागि पनि बजेट व्यवस्था भएको छ ।

उदयपुरमा अमिनीखर्क– हडिया–ज्यामिरे– सातघारे– बेल्टार– साउने – धाप्लांग सडक,देउरी श्रीपुर दमौली बुर्जाकान्ला– लालपत्ता – पात्ले धनचके सडक, मैनामैनी– हसनपुर– चुहार सडक उदयपुर भोजपुर,दिपुटोल उत्तर भोट खोला पानी टंकी खाट मन्दिर झोरा बागल टोल देउरी श्रीपुर पानी टंकी पुष्प वाटिका लाइन टोल हुँदै राष्ट्रिय मावि राई टोल बगाहा चोक सडक, त्रियुगा नगरपालिका ८,९,६,५र४ उदयपुर( बहुबर्षिय सडक ) जस्तै खोटाङ्ग जिल्लामा दिक्तेल– साप्सु खोला– मात्तिम– मानेभन्ज्यांग – पाँचधारे सडक, उदयपुर– गाईघाट– रसुवाघाट–पाँच पान्धारे सडक, खोटाङ( वहुवपर्षिय ) योजनामा रकमको व्यवस्था सरकारले गरेको छ ।

पाँचथर जिल्ला अन्तर्गत सरखण्डे – यासोक सडक,शिव दोभान, लुम्फावजुङ– नवमीडांडा ,सप्तमी– दशमी ओखरबोटे मौवा आंग्ना– लखुवादोभान सडक निर्माण, पाँचथर ( बहुवर्षीय),वरडांडा, – साव्लाखु– लिम्वुदीन– मेहेले– सुरुमखिम– कंचनजंघा सडक पाँचथर र ताप्लेजुङ (वहुवर्षिय सडक), तृतीया–थाङ्गनापा– खुलाशङ्गटार– मगर चेम्पा– डाँडा गाउँ आँसु भन्जाङ्ग पापुडेन मछेवुङ थोक लिम्वा फालेलुङ गाउँपालिका जाने सडक, र फिदिम– शिवालय नाइलपा– फजाङ्ग– छिन्तापु सडक स्त्तरोत्रतिका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

ताप्लेजुङ्ग जिल्लामा गुफाभुजे –देउराली–गोरजा– चाँगे– दोभान सडक,फुङलिग नगरपापालिका– नाइखोल्यंग– कामी डांडा – चेचम्वु–चाक्सीबोटे– थुम्बेदीन– हेलुम्वा – खाम्देम्वे–तेल्लोक– ममंखे– याम्फुदे– कंचनजंगा बेस क्याम्प सडक जस्तै सोलुखुम्व जिल्लामा नेलेचारघरे– मुक्ली– थलुंगु– दुधकोशी सडक सोलुखुम्वु( वहुवर्षिय सडक),तामाखानी( साृलुदुधकुण्ड नगरपालिका –५ सल्लेरी– जस्मानेभन्ज्याङ– गुम्वा गोलु लिखुपिके– काफ्लेचौर– भण्डार र नेले– खुम्से– कागेलटार– वाचिम– जभुे– खनिया खर्क– येसेलुखर्क जोडने सडकका लागि पनि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ ।

जनताका चाहना र आवश्यकतालाई एकैचोटी सम्बोधन गर्न सरकारसँग प्रयाप्त बजेट एवं स्रोत नभएपनि सरकारले तत्कालीन आवश्यकताका आधारमा ओखलढुंगा जिल्लामा मानेभन्ज्याङ– माधवपुर– ठाडखोला– सिस्नेरी– बलखु– सिन्धुली खान्गसाइग सडक कालोपत्र गर्ने कार्य, निर्वाचन क्षेत्र नं १ रिङरोड( रुम्जाटार– जन्तरखानी– रावादलु– खिजिफलाटेृ– हर्कपुर– रातमाटेमाभ्खा) सडक बाटोलाई निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

हुनत सङ्घीयता आएको प्रदेश सरकारको दोस्रो कार्यकालको अहिलेको अवधिसम्म आइपुग्दा सरकार जनतालाई महसुस हुनेगरी काम गरिहेको छ भने सरकार भौतिक पूर्वाधार देखि शिक्षा, स्वासथ्य, मानव विकास जस्ता क्षेत्रमा पनि लगानी बढाएको पाइएको छ ।