कटहरी गाँउपालिकाको बजेट ५० करोड ८२ लाख

विराटनगर, ७ असार । आगामी आर्थिक वर्ष०८१-०८२ का लागि मोरङको कटहरी गाँउपालिकाले ५० करोड ८२ हजार रुपैया बराबरको बजेट ल्याएको छ ।

बिहिवार कटहरी गाँउपालिकामा आयोजित एक कार्यक्रम बीच शिक्षा, कृषि, उद्योग र पूर्वाधार, समृद्ध कटहरीको मुल आधार भन्ने नारा सहित आयोजित दोश्रो अधिवेशनको पाँचौ गाँउसभाले बजेट पारित गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बजेट प्रस्तुत गरेकी हुन । कटहरी गाँउपालिकाले चालू आर्थिक वर्ष०८०-०८१ का लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको थियो । बजेटमा प्रशासनिक तथा संचालन खर्च ११ करोड ६८ लाख ८४ हजार र कार्यक्रम तथा योजना खर्च ३८ करोड ३१ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्नु अघि गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले पूर्वाधार, कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सो पालिकामा कार्यरत सब इन्जिनियर खेमराज सुवेदीलाई सर्वाेत्कृष्ट र ६ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीका रुपमा नगद सहित सम्मानित गरिएको थियो ।